सुन्तलाबाट वार्षिक ४० करोड आम्दानी

0
Shares

गणेश साम्पाङ,पाँचथर
जिल्लाको मिक्लाजुङ ५ कुरुम्बाकी इन्द्रकुमारी लावतीले यस वर्ष सुन्तला खेतीबाट ६ लाख रुपियाँ हात पार्नुभयो तर पनि उहाँको मुहारमा खुशी भने छैन ।
लावतीजस्तै गुनासो पोख्ने जिल्लामा थुप्रै सुन्तला कृषक छन्। हामी वर्षभरी खेती गछौं तर बढी नाफा बिचौलियाले खान्छन् काम गर्ने हामी नाफा खाने बिचौलिया रहेको कम्मायक ४ रानीगाउँका सुन्तला कृषक केश्वर सम्बाहाम्फेको पनि हो ।
जिल्लामा आम्दानीको गतिलो आय स्रोतको रुपमा रहेको सुन्तला खेतीबाट पाँचथरका कृषकले मनग्य आम्दानी गरिरहेका छन् । जिल्लाको साबिकका कुरुम्बा, रानीगाउँ,आङसराङ चोकमागु लुम्फाबुङ, नागी, अमरपुर गाविस र फिदिम नगरपालिकाका केही वडामा सुन्तला रामो फल्ने गरेको कृषि ज्ञान केन्द्र पाँचथरका सँचना अधिकारी नरहरि निरौला भन्नुहुन्छ ।

पाँचथरमा ६ सय ९२ हेक्टर जमिनमा सुन्तलाखेती भइरहेको छ भने यो वर्ष ७ हजार ७ सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको निरौला भन्नुहुन्छ । स्थानीय किसानले वर्षमा ४० करोडभन्दा बढी आर्जन गर्ने निरौलाको भनाइ छ । पाँचथरको साबिक कुरुम्बामा मात्र ९० लाख रुपियाँबराबरको सुन्तला फल्ने गरेको कृषक बताउँछन् । जिल्लामा गत वर्षको तुलनामा सुन्तला उत्पादन यसपटक घटे पनि मँल्य भने कृषकले रामै पाएका छन् गत वर्ष एक लाख ५० हजारको सुन्तला बेचेका कुम्मायक ४ रानीगाउँका केश्वर सम्बाहाम्फेले यसपटक चार लाखको सुन्तला बिक्री गरेका छन् ।

सुन्तलाको मँल्य बढे पनि यसपटक जिल्लाको समग्र उत्पादन भने घटेको छ गत वर्षको भन्दा २ सय २२ मेट्रिक टन कम सुन्तला यसपटक उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ

उत्पादन घटनुमा रोग किरा प्रकोप बढ्नु जलवायु परिवर्तनको असर बगंैचा व्यवस्थापन नहुनु जस्ता कारणले सुन्तला उत्पादन घटेको निरौला भन्नुहुन्छ ।
सुन्तला उत्पादनको हिसाबले पाँचथरको राम्रो क्षेत्रको रुपमा रहेको मिक्लाजुङबाट मात्र एक करोडभन्दा बढी मँल्यको सुन्तला उत्पादन भएको छ । यहाँको सुन्तलाको पँरा मँल्य किसानले पाउने भए डेढ एक करोडभन्दा बढी हुन्छ तर त्यसको २० देखि २५ प्रतिशत मँल्य भने व्यापारीकै हातमा पुग्ने स्थानीय कुषकको भनाइ छ ।

सुन्तलाको बजार मँल्य सरकारले निर्धारण गर्दैन बजार खुल्ला र प्रतिस्पर्धात्मक नै हुन्छ बरु कृषकले चनाखो भएर व्यापारीसँग मँल्य लिन सक्नुपर्छ कषि ज्ञान केन्द्र पाँचथरका प्रमुख हर्षहाङ राई भन्नुहुन्छ ।