करिब १५ अंकले घटेको बजारमा १८ अर्बको नोक्सानी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता करिब १५ अंकको गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार ११८७ दशमलव ७७ अंकमा बजार खुलेको नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार ११७२ दशमलव ७८ बिन्दँमा बन्द हुँदा समग्र नेप्से परिसँचक १४ दशमलव ९९ अंकले घटेको छ।

साताभरी कुल १८६ कम्पनीको ५५ लाख ४८ हजार ५४० कित्ता शेयर १ अर्ब ६२ करोड ५७ लाख ८० हजार रुपियाँमा किनबेच भएको छ् । अघिल्लो साता १८४ कम्पनीको ५३ लाख ७० हजार ३८० कित्ता शेयर १ अर्ब ८५ करोड २०९ लाख रुपियाँमा किनबेच भएको थियो ।

त्यस्तै नेप्सेमा कारोबार खुलेदेखि नै लगानीकर्ताको उच्च चाप रहेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको यस साता पनि उच्च कारोबार भएको छ । साताभारी अपर तामाकोशीको १६ लाख ५३ हजार कित्ता शेयर ४८ करोड १९ लाख रुपियाँमा कारोबार भएको छ । यद्यपि, अघिल्लो साताको तुलनामा अपर तामाकोेशीका लगानीकर्ताले धरै गुमाएका छन् । यस साता अपर तामाकोशीको समग्र पुँजीकरण २९ अर्ब १ करोड ६६ लाख रुपियाँ पुगेको छ । अघिल्लो साता कम्पनीको पुँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपियाँ पुगेको थियो ।

त्यस्तै यस साता नागरिक लगानी कोषको १० करोड ८१ लाख, छिमेक लघुवित्त ४ करोड ६९ लाख, माछापुच्छ«े बैंक ४ करोड ५९ लाख, प्रभु बैंक ३ करोड ७५ लाख रुपियाँको कारोबार हुँदै उच्च कारोबार हुने कम्पनीमा सँचीकृत भएका छन्।

नेपाल स्टक एक्सचेन्ज साताको पाँचै दिन कारोबार खुलेको थियो । आइतबार, सोमबार र बिहीबार नेप्से परिसँचक घट्यो थियो भने मंगलबार र बुधबार परिसँचक बढेको हो । यस साता नेप्सेमा समग्र पुँजीकरण १४ खर्ब ३० अर्ब ८० करोड रुपियाँ कायम भएको छ । अघिल्लो साता समग्र बजार पुँजीकरण १४ खर्ब ४८ अर्ब ६३ करोड रुपियाँ रहेको थियो ।