निगमद्वारा काठमाडौं–बैंकक उडानमा छुट

0
Shares

काठमाडौं, (नेस)
नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानमा छुट दिने भएको छ । निगमले काठमाडौं–बैंकक–काठमाडौं यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समँहमा टिकट खरिदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो ।

पर्यटन प्रवद्र्धन तथा व्यापार अभिवृद्धि गर्नका निम्ति आगामी मार्चसम्म यो योजना लागँ गरिएको निगमले जनाएको छ ।

काठमाडौं–बैंकक उडानका लागि टिकटमा एकतर्फीे मँल्य अभिवृद्धि करबाहेक १२ हजार रुपियाँ तिर्नुपर्छ । निगमले यो गन्तव्यमा सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको छ । यतिबेला निगमको बैंककको व्यवसाय कम रहेका कारण यस्तो योजना ल्याएको जनाएको छ ।