परिसंघ र महासंघबीच सहकार्य गर्ने समझ्दारी

0
Shares

काठमाडौं, (नेस)
नवीकरणीय ऊर्जा परिसंघ नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच समझ्दारी भएको छ । एक अर्काको व्यवसाय प्रवद्र्धन तथा नीतिगत विषयमा सहकार्य गर्ने र साना तथा घरेलु उद्योगको स्थापना, प्रवद्र्धनका क्रममा नवीकरण ऊर्जाको प्रयोगलाई प्राथमिकता दिँदै संघीय संरचनामा नवीकरण ऊर्जाको प्रवद्र्धनमा सहयोग गर्ने विषयमा समझ्दारी भएको हो ।

समझ्दारी पत्रमा नवीकरणीय ऊर्जा परिसंघ नेपाल अध्यक्ष्ँ गुणराज ढकाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबहाक अध्यक्ष्ँ उमेशप्रसाद सिंहले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा सौर्य ऊर्जाको सम्भाव्यता र लगानी लगायतका विषयमा प्राडा जगनाथ श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले व्यापारघाटा न्यँनीकरण गर्नका निम्ति पनि नवीरकणीय ऊर्जाको प्रयोगलाई जोड दिनुपर्ने बताउनुभयो ।

त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यक्रम अधिकृत मनुविनोद अधिकारीले नवीकरणीय ऊर्जाका स्रोतमा लगानीको स्थिति र अनुदानको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।