हेलिकप्टर उडानलाई थप सुरक्षित बनाउन छलफल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
एयरबस हेलिकप्टर्स र युरोपियन नागरिक उड्डयन सुरक्षा एजेन्सी (ईएएसए) ले काठमाडौंमा हवाई सुरक्षासम्बन्धी गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठी उडानका क्रममा बजारमा चुनौतीका रुपमा देखा परेका विश्वको उत्कृष्ट अभ्यास र जोखिम न्यँनीकरणमा विषयमा व्यापक छलफल गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको संयोजकत्व रहेको सो गोष्ठी विशेष गरेर हेलिकप्टर उडानमा केन्द्रित रहेको थियो । जसमा एयरबस हेलिकप्टर्स र ईएएसएका विज्ञ, ग्राहकहरु र हवाई उद्योगका विशेषज्ञबीच नेपालमा हवाई सुरक्षालाई अझ बढी सशक्त बनाउने उपायका सन्दर्भमा विचार विमर्श भएका थिए ।

‘यहाँको उच्च भौगोलिक अवस्था, असुविधाजनक भँभाग र कठिन मौसमी अवस्थाको कारण नेपालको हेलिकप्टर उडान सम्भवत विश्वको अप्ठ्यारा उडानमध्येकै एकमा पर्छ ।’ प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भन्नुभयो–‘आगामी दिनमा पनि यस्तै सुरक्षा विषयक कार्यशाला सञ्चालन हुने हामी अपेक्षा राख्दछौं ।’

गोष्ठीमा सुरक्षा व्यवस्थापन प्रणाली, उडानपँर्वको जोखिम मँल्यांकन, जोखिम न्यँनीकरण र घटना हुनुका मँल जडलगायतका विविध विषयमाथि छलफल चलाइएको थियो ।

सहभागीहरुले उडान सुरक्षासम्बन्धी घटनाका अध्ययनमाथि छलफल गर्नुका साथै एयरबस हेलिकप्टर्स र ईएएसएका विज्ञहरुद्वारा सञ्चालन गरिएको हेलिकप्टर दुर्घटना रोकथाम विषयक अर्को कार्यशालामा पनि भाग लिएका थिए ।

‘एयरबस नेपालको नागरिक हेलिकप्टरको बजारमा प्रमुख हिस्सा ओगटेको संस्था हो । एक कम्पनीको नाताले हामीसुरक्षा पहिला’ भन्ने संस्कारप्रति प्रतिबद्ध छौं र यो गोष्ठी हामीले हाम्रो बजार र ग्राहकलाई सुरक्षाको विषयमा हाम्रा विश्वव्यापी विज्ञको साथमा कसरी सहायता गर्छौं भन्ने एक उदाहरण हो ।’ एयरबस इण्डिया र दक्षिण एसियाका प्रबन्ध निर्देशक एवम् अध्यक्ष आनन्द इ स्टेन्लेले मन्तव्य व्यक्त गर्दै भन्नुभयो ।

एयरबसले नेपालको हेलिकप्टर बजारको ६३ प्रतिशत हिस्सा ओगटेको छ । हाल २७ वटा एयरबस एक्युरियुल हेलिकप्टरले उडान भरिरहेका छन् । आफ्ना सबै उडानमा सुरक्षा प्रबन्धलाई विशेष चासो दिने हाम्रो कटिबद्धतालाई ध्यानमा राखेर एयरबस हेलिकोप्टर्सले विश्वभर नै सुरक्षा सडक प्रदर्शनीहरु संचालन गर्दै आइरहेको छ ।

सन् २०१६ पछि नेपालमा एयरबसले आयोजना गरेको यो दोस्रो सुरक्षा गोष्ठी हो ।

‘हाम्रा विज्ञले सुरक्षा मानसिकता अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वका उत्कृष्ट अभ्यास, परिज्ञानहरु र उनीका अनुभवहरु, जुन सुरक्षित र सहज उडानका लागि अत्यावश्यक छन्, त्यसलाई प्रस्तुत गर्नु भएको छ ।’ एयरबस हेलिकप्टर्स, भारत र दक्षिण एसियाका प्रमुख आशिष सरफले बताउनुभयो ।