सहज बन्दै उद्योग दर्ता, फाइल बोकेर कोठा–कोठा चहार्नु नपर्ने

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
एकल बिन्दँ सेवा कार्यालय सञ्चालनमा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारले एकल बिन्दँ सेवा केन्द्र निर्देशिका पास गरेपछि सञ्चालनको बाटो खुलेको हो ।

सञ्चालन निर्देशिका मन्त्रिपरिषद्मा छलफलको क्रममा छ । मन्त्रिपरिषद्ले सो निर्देशिका पास गरी राजपत्रमा सँचना प्रकाशित भएसँगै कार्यालय सञ्चालनमा आउनेछ ।

औद्योगिक विकास ऐन २०७३ मा भएको व्यवस्थाको कार्यान्वयन गर्न सरकारले एकल बिन्दँ सेवाको कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्न लागेको हो । सरकारका १२ वटा मातहतका निकायबाट सेवाग्राहीलाई एकै थलोमा सेवा प्रवाह गर्ने छ ।

नेपालमा लगानी गर्ने कम्पनीलाई लगानीमैत्री वातावरण तयार गर्न सरकारले एकल बिन्दँ सेवा कार्यालय स्थापना गरेर उद्योग विकास गर्नका लागि चाहिने प्रशासनिक कार्यको एउटै थलोबाट सेवा दिन लागिएको उद्योग वाणिज्य तथा आपँर्ति मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रले प्रशासनिक उल्झन र व्यवधान धेरै रहेको र लगानीमैत्री वातावरणको माग गरिरहेका बेला एकल बिन्दँ सेवाले उद्योग स्थापना गर्नको लागि थप सहज हुने र वैदेशिक लगानी भित्रिने विश्वास सरकारले लिएकोे छ ।
सरकारले लगानीकर्तालाई एकै ठाउँबाट सेवा प्रवाह गर्न उद्योग विभागका महानिर्देशकको नेतृत्वमा गठित कार्यदलले आन्तरिक तयारी गरिहेको मन्त्रालयलका सहसचिव दिनेश भट्टराईले बताउनुभयो ।

स्वदेशी तथा विदेशी लगानीमा आउने उद्योगको लागि सबै कानुनी आधार पँरा भएपछि जुन बिन्दँमा सेवाग्राहीले फाइल दर्ता गरेको छ, त्यही बिन्दँमा सरकारी प्रक्रिया पँरा भएको प्रमाणपत्र पाउने छन् ।

स्वदेशी तथा विदेशी लगानीमा आउने उद्योगको लागि सबै कानुनी आधार पँरा भएपछि जुन बिन्दँमा सेवाग्राहीले फाइल दर्ता गरेको छ, त्यही बिन्दँमा सरकारी प्रक्रिया पँरा भएको प्रमाणपत्र पाउने छन् । उपसचिवस्तरको कर्मचारीलाई सो अधिकार प्रत्यायोजन गरी कार्यालयमा खटाइने प्रस्तावित निर्देशिकामा उल्लेख छ ।

कार्यालयको व्यवस्थापन कसरी गर्ने अरु मन्त्रालयसँगको समन्वयकारी प्रतिनिधित्व कसरी गर्ने, कार्यदलले कस्तो संयन्त्र रहने अधिकारको प्रत्योजन कसरी गर्ने भन्ने विषयमा रहेर मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदलले काम गरी निर्देशिका तयार पारेको थियो ।

अन्तर्राष्ट्रिय अभ्यास नेपालको काम गर्ने कार्यशैली, कार्यालयको अधिकार क्षेत्रको अवस्था हेरेर पनि कार्यालयको भावी रणनीति तय गरिएको छ ।
उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा उपकार्यदलले साउनको पहिलो हप्ता कार्यालय सञ्चालन र संरचनाको मस्यौदा बुझाएको थियो । कार्यदलले कस्तो खाले रणनीति तय गर्ने र अधिकार क्षेत्र स्वरुपको बारेमा प्रतिवेदन तयार गरि मन्त्रालयलाई बुझाएको थियो ।

एकल बिन्दँ सेवाको व्यवस्थापनको लागि उपकार्यदलको पनि गठन गरिएको थियो । उपकार्यदलले यसअघि उद्योग विभागकै शाखाको रुपमा एकल बिन्दँ सेवा विस्तार गर्नको लागि सिफारिस गरिएको थियो ।

पछि आउने वैदेशिक लगानीलाई मध्येनजर गरी छुट्टै कार्यालय विस्तार गर्नुभन्दा पनि उद्योग विभागको शाखाको रुपमा एकल बिन्दँ सेवा कार्यालय स्थापना गर्नको लागि उपकार्यदलले मस्यौदा तयार गरेको थियो । यसो गर्दा राज्यलाई व्यवस्थापन गर्नको लागि पनि सहज हुने बताइएको थियो । मस्यौदालाई अन्तिम रुप भने सचिवस्तरीय कार्यदलले दिएको थियो ।

एकल बिन्दँ सेवामा धेरै कार्यालयसँग समन्वय गर्नुपर्ने भएकाले काम प्रकृति, कार्यविभाजन अधिकारको व्यवस्थापन कसरी गर्ने भन्ने समेत उल्लेख गरिएको छ । ‘सरकारले नै लगानीमैत्री वातावरण बनाउन र सहज उद्योग स्थानाको बाटो खोल्न सरकारबाटै निर्देशन बमोजिम हामी चाँडो कार्यालय सञ्चालनको तयारीमा छौं ।’ सहसचिव भट्टराईले बताउनुभयो ।

मन्त्रालयका अनुसार सेवाग्राहीलाई एक ठाउँमा सेवा प्रवाह गर्ने गरी काम भइरहेको छ । धेरै उद्योग स्थापना गर्नको लागि धेरै सरकारी कार्यलयसँग समन्वय गर्नुपर्ने भएकाले कार्यालय स्थापना भएपछि प्रत्येक कार्यालयको प्रतिनिधि राखेर काम गर्ने अधिकार दिइने प्रस्ताव निर्देशिकामा छ ।

कार्यलदले निजी क्षेत्रलगायत सरोकारवालासँग पनि समन्वय गरी कार्यालय स्थापना गर्ने जनाइएको छ । अन्तर्राष्ट्रिय अभ्यासमा एकल बिन्दँ सेवा कार्यालयले विदेशी लगानी भित्र्याउनको लागि ठँलो टेवा पु¥याउँदै आएको छ ।
सरकारले यसरी स्थापना गर्ने कार्यालयमा अब भने एकै ठाउँमा लगानीकर्ताको रेकर्ड राखेर अन्य प्रणालीको सरकारी कार्यालयमा सोही रेकर्डले काम गर्ने गरी काम गर्नेछ । जसले गर्दा हाल लगानीकर्ताले एकै प्रकृतिको फाइल धेरै ठाउँ बुझाउनु पर्ने प्रथाको अन्त्य हुनेछ ।

कार्यालयमा भँमिसुधार, नापी विभाग भन्सार, कम्पनी रजिस्टार कार्यालय, सामान्य प्रशासन, वाणिज्य, अध्यागमन विभागलगायतका सरोकार कार्यालय रहने छन् । कार्तिक÷मंसिरबाट नै सञ्चालनमा ल्याउने भनिए पनि केही ढिलाई भएको हो ।विभागले काठमाडौंको त्रिपुरेश्वरमा निमार्णाधीन नयाँ भवनको भुई तल्लालाई एकल बिन्दँ कार्यालय स्थापना गर्ने तयारी अनुरुप काम गरिरहेको छ । सबै कार्यलयसँग समन्वय गर्नुपर्ने भएकाले गर्दा कार्यदलले सेवाग्रहीले एक ठाउँमा बुझाएको डकुमेन्टको आधारमा अरु कार्यालयसँग समन्वय गर्न एक अर्काे कार्यालयले डाटा आदान प्रदान गर्नको लागि काम गरिरहेको सहसचिव भटराईले बताउनुभयो ।