सेलरमा सजिए सुन्तला

0
Shares

 

सिर्जना पन्त, बागलुङ
चैत–वैशाखमा बेचर राम्रो आम्दानी गर्नको लागि बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले अनुकुलित तापक्रमयुक्त भवन (सेलर स्टोर) मा सुन्तला भण्डार गरेर राख्नुभएको छ । अध्यारो कोठामा हेर्दै खाउँ खाउँ लाग्ने गरी सुनजस्तै सुन्तला टल्किरहेका छन् ।

६१ वर्षीय खड्काले यो वर्ष पहिलोपटक परीक्षणकै लागि भनेर एक् टन सुन्तला सेलर स्टोरमा राख्नुभएको छ । स्थानीय सिर्जना बहुउद्देश्यीय कृषक समँहका अध्यक्षसमेत रहनु भएका खड्काले उक्त सेलर स्टोर २० लाखमा १० टनको भण्डारण क्षमता भएको दुई तला चार कोठा निर्माण गरेको बताउनुभयो ।
खड्काले सेलर स्टोरको लागि कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजनाको व्यावासयिक सुन्तला उत्पादन संकलन तथा भण्डारण उपआयोजनाअन्तर्गत १० लाख रुपियाँ अनुदान, सिर्जना बहुउद्देश्यीय कृषक समँहको ४ लाख २२ हजार ६ सय ५० रुपियाँ सहयोग र आफ्नो ६ लाख रुपियाँ लगानीमा निर्माण गरेको बताउँनुभयो ।

सेलर स्टोरमा समँहमा आबद्ध सदस्यलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिने लक्ष्य राखिएको छ । भण्डार गृहमा सुन्तला ४ महिनासम्म र अदुुुुवा लसुन ६ महिनासम्म भण्डारण गर्न सकिने भन्दैं किसानले आफँले उत्पादन गरेका वस्तुको उचित मँल्य पार्न सक्ने खड्काले बताउनुभयो । सुन्तलाको पकेट क्षेत्र मानिने सिगानाबाट प्रत्येक वर्ष ५० लाखभन्दा बढीको सुन्तला बिक्री हुने गरेको भन्दैं खड्काले सेलर स्टोरमा भण्डारण गरेर सुन्तला बिक्री गर्न सकेमा दोब्बर मँल्य पार्न सकिने बताउनुभएको छ ।

यस वर्ष पहिलोपटक भण्डार गृहमा सुन्तला राखिएको भन्दैं खड्काले सबैको सुन्तला भण्डारण गरेर जोखिम मोल्न नचाहेर थोरै सुन्तला परीक्षणको लागि राखिएको बताउनुभयो । यस क्षेत्रका सुन्तला म्याग्दी, स्याङ्जा र चितवनका ठेकदारले कम मँल्यमा बगैंचाबाट नै उठाउने गरेको भन्दंै खड्काले आगामी वर्षदेखि किसानलाई उचित मँल्य आउने गरी सेलर स्टोरमा भण्डारण गरेर चैत–वैशाखमा निकाल्ने तयारी थालिएको बताउँनुभयो ।

‘अहिले किसानले प्रतिकिलो ४० रुपियाँदेखि ५० रुपियाँसम्म बगैंचाबाट बेचेका सुन्तला माघ महिनाको अन्त्यसँगै प्रतिकिलो सय रुपियाँमा बिक्री गर्न सकिन्छ,’ खड्काले भन्नुभयो । उहाँले आफुले सुन्तला र तरकारी बेचेरै वर्षमा ७ लाख रुपियाँ आम्दानी गर्ने गरेको बताउनुभयो ।