साइपाल दोस्रो चरणमा


काठमाडौं, (नेस)
साइपाल एकेडेमी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार दोस्रो चरणमा प्रवेश गरेको छ। उत्तर भेगीय शैक्षिक मञ्च ९नेफ०को आयोजना तथा साइपाल एकेडेमीको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा साइपालले पब्लिक स्कुललाई ३–० गोलअन्तरले पराजित ग¥यो। चाबहिलस्थित गणेशथान फुटबल मैदानमा गोल्डेनपिकले ईबीएलाई १–०, माउन्ट ग्लोरीले त्रिवेणीलाई २–०, सप्तगण्डकीले जेबी स्कुललाई १–० र भक्ति एकेडेमीले नेसनल युनाइटेडलाई १–० गोलले हराउँदै दोस्रो चरणमा पुगे।