जोकोभिच फाइनलमा


मेलबर्न, (एजेन्सी)
शीर्ष वरीयताका नोभाक जोकोभिचले अस्टे«लियन ओपनमा राफाल नाडालसँग खेल्ने तय गरेका छन्।
शुक्रबार भएको एकपक्षीय सेमिफाइनल खेलमा जोकोभिचले फ्रान्सका लुकास पउलीलाई ६–०, ६–२, ६–२ ले हराएका हुन्। उनले सो खेल मात्र १ घण्टा २३ मिनेटमा जितेका थिए।
योसँगै जोकोभिच सातौं अस्टे«लियन ओपननजिक पुगेका छन्।