एनआरएचएसएस र रिब्स विजयी


काठमाडौं, (नेस)
एनआरएचएसएस र रिब्सले सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा शुक्रबार जित हात पारेका छन्।

एनआरएचएसएसले लोक आदर्शलाई २–० तथा रिब्सले राजन मेमोरियललाई ६–० गोलले पराजित ग¥यो।

अर्को खेलमा भने रिब्सले साइन मोडेलसँग ४–४ को बराबरी खेल्यो। अन्य खेलमा साइन मोडेलले एसलाई २–१ तथा त्रिनेत्रले होली भिजनलाई ६–१ गोलले हराए। काव्य र त्रिनेत्रबीचको खेल १–१ को बराबरीमा टुंगियो।

सिनियर ब्वाइज बास्केटबलमा टीआईएले स्वर्णिमलाई ४४–१५ तथा ग्यालेक्सीले होली भिजनलाई ३१–२३ ले निराश पारे। टीआईएका सम्राट गुरुङले १४ तथा ग्यालेक्सीका पुस्कर भण्डारीले १६ अंक जोडे।

सिनियर गल्र्समा द चाँदबाग स्कुलले रेडिअन्ट पब्लिकलाई २४–७ तथा एलआरआईले ग्यालेक्सीलाई १२–६ ले पाखा लगाए।