सरस्वती र धनबहादुर उत्कृष्ट


काठमाडौं, (नेस)
एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल भलिबल संघले शुक्रबार आयोजना गरेको एनभीए अवार्डमा दुवैलाई उत्कृष्ट खेलाडीमा चुनेको हो। उत्कृष्टले जनही २५ हजार रूपियाँ पुरस्कार प्राप्त गरे। यस्तै महिलातर्फ आर्मीकी निरुता ठगुन्ना र पुरुषमा एपीएफका विनोदबहादुर चन्द उदयीमान खेलाडी घोषित भए। उनीहरुले पनि जनही २५ हजार रूपियाँ प्राप्त गरे।

यसैगरी वर्षको उत्कृष्ट प्रशिक्षक विधामा एपीएफका ज्ञानेन्द्र विष्ट महिलातर्फ र आर्मीका कपिलकिशोर श्रेष्ठ पुरुषतर्फ उत्कृष्ट ठहरिए। दुवैले जनही २५ हजार रूपियाँ पुरस्कार प्राप्त गरे। महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी उत्कृष्ट टोली घोषित भयो। उत्कृष्ट टोलीले जनही १ लाख रूपियाँ प्राप्त ग¥यो। कार्यक्रममा पूर्व राष्ट्रिय टिमका कप्तानद्वय भरत शाह र अञ्जु श्रेष्ठलाई पनि जनही २५ हजार रूपियाँबाट सम्मानित गरिएको थियो। कार्यक्रममा कान्तिपुर टेलिभिजनका प्रदीप लेखीलाई पनि नगद २५ हजार रूपियाँबाट सम्मान गरिएको थियो।