ज्ञान मेज स्टार्च बजारमा

0
Shares

काठमाडा (नेस)
लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्राण्डका विभिन्न खाद्य पदार्थहरू ज्ञान मैदा, ज्ञान आटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती, ज्ञान सोल्टी चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले हालै ज्ञान मेज स्टार्च ९कन फ्लोर० बजारमा ल्याएको छ।
ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थका आवश्यकताहरू पूर्ति गर्ने क्रममा उक्त समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याख्ला तथा ज्ञान मकैको पिठो १ वर्ष अगाडि नै बजारमा ल्याएको थियो।

बजारको मागलाई ध्यानमा राख्दै यस समूहले मेज स्टार्च ८०० ग्राम, ५०० ग्राम र १०० ग्राम प्याकमा ल्याएको हो। ज्ञान मेज स्टार्च विभिन्न खाद्यपदार्थहरूलाई स्वादिस्ट बनाउन प्रयोग गरिन्छ। खासगरी सुप, सस, जुस जस्ता पदार्थलाई बाक्लो बनाउन, फ्राई खाद्यपदार्थहरू, बेकरी उत्पादनलाई स्वादिस्ट बनाउन यसको प्रयोग गर्न सकिन्छ।

केएल दुगड गु्रप उच्च गुणस्तरको उत्पादनहरू उच्चस्तरीय प्रविधिबाट निकै स्वच्छ वातावरणमा उत्पादन गर्न प्रतिबद्ध छ। यसले उपभोक्ताहरूका साथ–साथै कारखानामा काम गर्ने कामदारको स्वस्थतालाई पनि सुनिश्चित गर्दछ।