प्रभु बैंकको सीईओमा पुनः शेरचन नियुक्त

0
Shares

काठमाडौं, (नेस)
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा अशोक शेरचन दोस्रो कार्याकालका लागि पुनः नियुक्त हुनुभएको छ। बैंक सञ्चालक समितिले उहाँलाई पुनः चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

शेरचनको कार्यकाल आगामी माघ १८ गते सकिँदै थियो। उहाँ प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायब प्रमुख कार्यकारी हुनुहुन्थ्यो। शेरचनसँग एनसीसी बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ वर्षको बैंकिङ गरेको अनुभव छ। प्रभु बैंकले ग्रान्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै सीईओको जिम्मेवारी शेरचनलाई दिइएको हो। उहाँ बैंकर्स संघको कार्यसमिति सदस्यसमेत हुनुहुन्छ।