पुँजी बजार र बीमा कम्पनीमा लगानी गर्न गभर्नरको आग्रह

0
Shares

बुटवल, (नेस)
नेपाल राष्ट्र बंैकका गर्भनर डा् चिरन्जीवी नेपालले पैसाको जोखिमलाई न्यूनीकरण गर्नका लागि पुँंजी बजार र बीमा कम्पनीमा लगानी गर्न आग्रह गर्नुभयो।

बितेको ५ महिनामा ६ अर्बको तरकारी र ९ अर्बको खाद्यान्य आयात भएको छ भन्दै उहाँले नेपालमा लगानी र उत्पादनको अवसर भए पनि त्यस अवसरको सदुपयोग हुन नसक्नु दूर्भाग्य भएको जिकिर गर्नुभयो।

बैंकिङ, बीमा, पुँजी बजार प्रदर्शनीको शुक्रबार बुटवलमा उद्घाटन गर्दै गभर्नर नेपालले बैंक, वित्तीय संस्था, बीमा र पुँजी बजारको राम्रो जानकारी लिने अवसरका रूपमा प्रदर्शनीलाई लिनुपर्नेमा जोड दिनुभयो।

नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भुगोलको हिसाबले नेपालको ७ सय ५३ स्थानीय तहमध्ये ७ सयमा बैंक तथा वित्तीय संस्थाको पुगेको तर नागरिकको पहँुच भने पुग्न नसकेकाले वित्तीय सारक्षता र वित्तीय पहँुचलाई एकै साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

डेभलपमेन्ट बैंकर्स एसोसियसनका उपाध्यक्ष प्रकाश पौडेलले बैंकिङ, बीमा, धितोपत्र र पुँजी बजारसम्बन्धी ज्ञान हासिल गर्न प्रदर्शनीले महŒवपूर्ण योगदान दिने बताउनु भयो।

माइक्रोफाइन्यान्स बैंकर्स एसोसिएसनका सदस्य पर्वत कार्कीले लघुवित्तमार्फत मुलुकमा १ सय ६५ अर्ब लगानी गरिएको र साढे ३१ लाख जनता लाभान्वित भएको बताउनुभयो।

वित्तीय जागरणमार्फत उद्यमशीलताको विकास गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो आयोजना गरिएको हो।

मिडिया इन्टरनेसनलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन तथा बीमा समिति र नेपाल धितो बोर्डको सहयोगमा भएको बैंकिङ एक्स्पो दुई दिनसम्म सञ्चालन हुनेछ।

कालिकानगरस्थित कालिका मानव ज्ञान माविको प्रांगणमा शुरू भएको एक्स्पोमा विभिन्न वाणिज्य बैंक, विकास बैंक, लघुवित्त वित्तीय संस्था, फाइनान्स कम्पनी, बीमा कम्पनी र शेयर कारोबार गर्ने संस्थाका ५० बढी स्टल रहेका छन्। मेला अवधिमै बैंकिङ, पुँजी बजार र बीमासम्बन्धी विज्ञहरूको सहभागितामा अन्तत्र्रिmयासमेत सञ्चालन गरिने र कर्जा लिएर सफल उद्यमी बनेका व्यक्तिका विषयमा तयार पारिएका डकुमेन्ट्री र नाटक प्रदर्शन गरिनेछ।