बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी आन्दोलित

0
Shares

सरोज यादव, विराटनगर
कको बढ्दो ब्याजदर र सिन्डिकेट पद्धतिकाविरुद्ध सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी व्यापारी आन्दोलित भएका छन्।

लामो समयदेखिको लोडसेडिङ, मधेस आन्दोलन, भारतीय नाकाबन्दी र पछिल्लो समयमको करको भार खेप्दै आएका उद्योगी ब्यापारीले बैंकको बढ्दो ब्याजदरविरुद्ध आन्दोलन घोषणा गरेका हुन्। उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा बैंकको बढ्दो ब्याजदर, सिन्डिकेट पद्दतिका विरुद्धमा आन्दोलन गर्ने भएका हुन्।

बैंकको मनोमानी र सिन्डिकेट पद्धति कायम रहँदा धेरै उद्योग दैनिक रूपमा बैंकको बढ्दो ब्याज थेग्न नसकी बन्द हुने अवस्थामा पुगेको भन्दै आन्दोलन गर्न बाध्य हुनु परेको उद्योगी, व्यवसायीको गुनासो रहेको छ। उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैंकहरूको चर्को ब्याजदर र सिन्डिकेटका कारण उद्योग, व्यवसाय संकटग्रस्त अवस्थामा पुगेको बताएका छन्।

औद्योगिक क्षेत्रका राहतका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि उद्योग व्यवसाय क्षेत्रमा बैंकबाट हुने लगानीमा बैंकको बढ्दो र चर्को ब्याजदर नियन्त्रण गरिनुपर्छ भनी उद्योगी, व्यवसायी र निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ, मोरङ व्यापार संघले ध्यानाकर्षण गराए पनि सम्बन्धित निकायबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएकाले बाध्य भएर सांकेतिक विरोध गर्नुपरेको उद्योगी, व्यापारीले बताएका छन्।

हामीले लामै समयदेखि हामीलाई परिरहेको समस्याका विषयमा सबै सरोकारवालाको ध्यानाकर्षण गराएका थियौ मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने तर हामीले गराएको ध्यानाकर्षणको कुनै सुनुवाई भएन बैंकको बढ्दो र चर्को ब्याजदरका कारण हामीले बाध्य भएर यो कदम चाल्नु परेको हो। उनीहरूले नेपाल राष्ट्र बैंकमार्फत उद्योग, व्यवसाय क्षेत्रको राहतका लागि उत्पादन मूलक उद्योगलाई प्रवाह भएको ऋणमा अधिकत्म ७ प्रतिशत र व्यावसायिक क्षेत्रमा ९ प्रतिशतसम्म नबढाइ ब्याजदर कायम गरियोस् र बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गरियोस् भनी माग राखेका छन्।
उद्योग कलकारखाना सञ्चालनका लागि बैंकबाट ऋणट नलिइकन ठूला योजना सञ्चालनमा आउँदैन एक हिसाबमा ऋण दिएर योजना शुरू गर्यो तर योजना पूरा नहँुदै बैकको ब्याजदरले डाँडा काटिसकेको हुन्छ, उद्योग संगठनमा मोरङका अध्यक्ष भीम घिमिरेले भने बैंकको मनोमानीका कारण हामीले उद्योग बन्द गर्नुनपरोस् भनेर नै हामीले सबै सरोकारवालालाई खबरदारी गरेका हौं। उहाँले उत्पादनमूलक उद्योगलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ प्रतिशत र व्यावसायिक क्षेत्रमा ९ प्रतिशतभन्दा नबढाउन माग गर्नुभयो।

आफ्ना माग पूरा नभएमा आन्दोलन सशक्त बनाउने उनीहरूले बताएका छन्। उनीहरूले प्रथम चरणका कार्यक्रमअन्तर्गत माघ १३ गते बिहान १० बजे सीडीओ कार्यालय मोरङमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री, प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघलगायत सम्बन्धित निकायमा पठाउने र सोही दिन ११ बजे राष्ट्र बैंक विराटनगरमा ज्ञापन बुझाउने जनाइएको छ।

यस्तै माघ २० गते नेपाल राष्ट्र बैंक विराटनगर प्रदेश नम्बर १ मा विहान साढे ९ बजेदेखि ११ बजेसम्म मूल गेटमा धर्ना दिने, २१ गते १२ बजेसम्म धर्ना दिने, २२ गते २ बजेसम्म धर्ना दिने , २३ गते ४ बजेसम्म धर्ना दिने उद्योगी व्यापारी बताएका छन्। यदी आफ्ना मागहरू बेवास्ता गरे २४ गते सम्पूर्ण उद्योग व्यवसायको साँचो जिल्ला प्रशासन कार्यालय मोरङमार्फत् प्रधानमन्त्रीलाई बुझाउने र सोही दिन नेपाल राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरी निरन्तर धर्ना दिने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभयो। मोरङ, सुनसरी औद्योगिक करिडोरमा ६ सयभन्दा धेरै साना ठूला उद्योग सञ्चालनमा रहेका छन्।