विमानस्थलमा ‘ह्याप्पी बेबी जोन’

0
Shares

काठमाडौं, (नेस)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ह्याप्पी बेबी जोन’ र ‘फाउन्ड एन्ड लस्ट’ कक्षको स्थापना भएको छ। बच्चालाई स्तनपान गराउन र बच्चालाई खेल्नको लागि सहज र पाएको र हराएको सामान प्राप्त गर्नको लागि सो कक्ष शुक्रबारबाट स्थापना गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

यात्राका क्रममा सुत्केरी महिला साना बच्चालाई सहज स्तनपान गर्न र आराम गर्नको लागि विमानस्थलले सुविधायुक्त बेबी जोनको स्थापना गरेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताउनुभयो।

उडानको लागि प्रतिक्षामा रहेका बच्चालाई सुताउन र सुत्केरी आमालाई आराम गर्नको लागि सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याएको जनाइएको छ।

बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका कार्यालयभित्र शयन कक्ष निर्माण गरिएको छ।सो कक्षमा मोनिर राखिएपछि विमानको उडान अवतरणको जानकारी पनि हासिल गर्न सकिने छ। हिमालय हर्बलको सहयोगमा विमानस्थलमा बेबी जोन स्थापना भएको हो। विमानस्थलमा हराएका र भेटिएका सामग्रीहरू प्राप्त गर्नको लागि लस्ट एन्ड फाउन्ड कक्ष समेत स्थापना गरिएको हो।

यात्राका क्रममा यात्रुहरूले हराएका सामग्री र प्राप्त गरेका सामग्रीको सम्बन्धित व्यक्तिले प्राप्त गर्ने हेतुले ‘लस्ट एन्ड फाउन्ड कक्ष’ स्थापना गरिएको प्रमुख क्षेत्रीको भनाइ छ।

यसरी पाएका सामग्रीहरूको यथाशक्य चाँडो विमानस्थलको वेबसाइटमा राखिने र टेलिफोन गरेर जानकारी योजना कार्यालयको रहेको छ। क्षेत्रीका अनुसार आन्तरिक टर्मिनलमा पनि सो सोवा विस्तार गर्दै लाने योजना रहेको बताउनुभयो।