सिन्धुली, (नेस)
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सञ्चालक समितिले जुनार बगंैचा व्यवस्थापनका लागि कृषकलाई साना मेसिनरी तथा औजार उपकरणहरू अनुदानमा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सञ्चालक समितिको शुक्रबार बसेको बैठकले जुनार कृषकलाई साना मेसिनरी तथा औजार उपकरणहरू ५० प्रतिशत अनुदानमा दिने निर्णय गरेको हो।
त्यस्तै साना सिँचाइ तथा भकारो सुधार कार्यक्रम वितरण गर्दा भौगोलिक क्षेत्रहरूलाई समेत ध्यानमा राख्न जुनार सुपरजोन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सञ्चालक समितिकी सचिव सुष्पा भुजेलले बताइन्।
जुनारमा प्रकोपको रूपमा देखा परेको औसा किरा व्यवस्थापनका लागि कृषकको तर्फबाट लागत साझेदारी जुटाउन जुनार कृषक परिचयपत्र कार्यान्वयनका लागि जुनार सुपरजोन कार्यालयलाई सहजिकरण गर्ने निर्णय भएको पनि सचिव भुजेलले जानकारी दिइन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन कार्यालयले जुनार सुपरजोन क्षेत्रका जुनार कृषकलाई जुनार कृषक परिचयपत्र वितरण गर्न थालेको छ। जुनार सुपरजोन क्षेत्रका १ हजार ५ सय कृषकहरूलाई पहिलो चरणमा जुनार कृषक परिचयपत्र वितरण गर्न थालिएको कार्यालयले जनाएको छ।
विगत ५ वर्ष यतादेखि जिल्लाका जुनार खेतीमा लागेको फल कुहाउने रोग किरा ९ब्याक्टोसेरा मिनाक्स० नियन्त्रण गर्न समस्या भएपछि यस्तो किरा नियन्त्रणका लागि आवश्यक अध्ययन गर्न कृषक र बगैंचाको विवरणसहित परिचयपत्र वितरण गर्न थालिएको जुनार सुपरजोन परियोजना कार्यान्वयन इकाइ सिन्धुलीका प्रमुख देवराज अधिकारीले जानकारी दिए।
जिल्लाको रतनचुरा, तीनकन्या, जलकन्या, डुडभञ्ज्याङ, वितिजोर, वाशेश्वर, तोस्रोमखोलालगायतका क्षेत्रमा परिचयपत्र वितरण गर्न थालिएको प्रमुख अधिकारीले बताए।











प्रतिक्रिया