नेपाल समाचारपत्र, काठमाडौं
थापाथलीस्थित सरकारी अस्पताल प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता साहको दुई वर्षीया छोरी सन्ध्या साह अपहरणमा परेको ८ घण्टापछि प्रहरीले सकुशल अपहरणमुक्त गरेको छ। शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित घरबाटै सन्ध्यालाई अज्ञात व्यक्तिले अपहरण गरी बेपत्ता बनाएको र ८ घण्टापछि सकुशल उद्धार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
परिसरका अनुसार आर्थिक लेनदेनका कारण जनकपुरका मनीषकुमार गुप्ताले सन्ध्याको अपहरण गरेको खुलेकोे छ। शुक्रबार बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जानेबित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको प्रहरीले अपरा≈न ४ बजे सकुशल फेला पारेको हो। अपहरणकारी गुप्ताले बालिकालाई तिलगंगाको होटल गणेश लैजाँदै गर्दा पक्राउ गरिएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो–‘बिहान ९ बजेतिर घटनाको बारेमा जानकारी आयो, तत्कालै सादा पोसाकसहितका प्रहरी खटायौं, अपरा≈न ४ बजे तिलगंगाबाट बालिका सकुशल फेला प¥यौं।’ अपहरणकारी धनुषाका मनीषकुमार गुप्ता फरार रहेकाले खोजी जारी रहेको उहाँले जानकारी दिनुभयो। बबिताले घरमा छोरा र एकजना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि ९ बजेतिर छोरी हराएको खबर आएको बताउनुभयो। तत्कालै नम्बर र मान्छे पहिचान भएपछि बच्चा खोज्न सहज भएको प्रहरीले जनाएको छ।
‘अपहरणकारी शुरुमा जोरपाटीमा भएको थाहा भयो। त्यसपछि जम्बु डाँडा हुँदै तिलगंगामा लोकेसन ट्र्याक प्रवक्ता बोगटीले जानकारी दिनुभयो। तिलगंगा क्षेत्रलाई ४० सादा पोसाकका प्रहरीसहितको टोलीले चारैतर्फबाट घेरेपछि अपहरणकारीले बच्चा छाडेर भागेको उहाँले बताउनुभयो।
यसैबीच बालिका अपहरणमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्चना श्रेष्ठ र बाबु गुप्ता रहेको जनाइएको छ।











प्रतिक्रिया