क्वालालम्पुर, (एजेन्सी)
अघिल्लो नरेशले अचानक राजगद्दी त्याग्ने घोषणा गरेपछि बिहीबार मलेसियाले पाहाँगका सुल्तान अब्दुल्लाहलाई नयाँ नरेश निर्वाचित गरेको छ। केलान्तानका सुल्तान मुहम्मद पन्चमले जनवरीमा स्वेच्छाले राजगद्दी त्याग्ने घोषणा गरेका थिए।
मलेसियाकै इतिहासमा सबैभन्दा छोटो समय अर्थात् उनले २ वर्ष मात्र गद्दी सम्हालेका हुन्। मलेसियाको अस्वाभाविक संवैधानिक राजतन्त्रअनुसार प्रत्येक ५ वर्ष ९ राज्य शासकहरुबीच पालैपालो नरेश बन्ने चलन रहेको छ।
मलेसियाली भाषामा याँग दि पेर्टुआन आगोँग नाम उक्त नरेशको पदवी केवल आलंकारिक मात्र हो। नरेशले दैनिक शासन कार्यमा कुनै सहभागिता जनाउँदैनन्। मलेसियाको ठूलो राज्य पाहाँगका सुल्तानले आगामी ३१ जनवरीमा आफ्नो नयाँ भूमिकाका लागि शपथ ग्रहण गर्न लागेको सरकारी सञ्चार माध्यमले जनाएको छ। यसै महिनाको शुरूमा मात्र उनले सुल्तान अफ पाहाँगको शपथ ग्रहण गरेका थिए।
४७ वर्षको उमेरमा नरेश बनेका सुल्तान मुहम्मद पन्चम अफ रोड ड्राइभिंग , सुटिंग र अन्य साहसिक खेलमा निकै चाख राख्ने गर्दछन्। गत वर्षको नोभेम्बरमा उनले बिरामी विदा लिन लागेको बताएका थिए। त्यही महिनाको उत्तराद्र्धमा उनले रुसी राजधानी मस्कोका पूर्व सुन्दरीसंग विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा देखा परेको थियो।











प्रतिक्रिया