“नेताहरूको योगदानको मूल्यांकन नहुँदासम्म आन्दोलन”

0
Shares

यमलाल भुसाल, बुटवल
राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई सरकारले गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेका अस्पताल बिघटनको संघारमा पु¥याएको भन्दै नेपाली कांग्रेस रुपन्देही आन्दोलित भएको छ।
बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँको जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई संघ मातहत नराख्ने सरकारको निर्णयविरुद्ध शुक्रबार कांग्रेसले बुटवलको ट्राफिक चोकमा विरोध प्रदर्शन तथा कोणसभा गरेको हो।

कोणसभामा बोल्ने नेताहरूले बहुमतको दम्भमा सरकारले एकलौटीरूपमा गलत निर्णय गरिरहेको भन्दै ती कदम तत्काल नसच्याए आन्दोलनलाई अझ कडा पारिने चेतावनी दिएका छन्। कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले कसैको पनि इतिहास मेटाउने अधिकार सरकारलाई नभएको भन्दै तत्काल निर्णय सच्चाउन माग गर्नुभयो। दश वर्षसम्म हतियार बोकेर जंगलमा बसेको तत्कालील माओवादीलाई शान्ति प्रक्रियामा ल्याई शान्ति सुव्यवस्था कायम गर्न महŒवपूर्ण भूमिका खेल्ने गिरिजाप्रसाद र वर्तमान संविधानका पिता सुशील कोइराला नेपाली कांग्रेसका मात्रै नेता नभई देशकै गौरवशाली नेता भएको सभापति रज्जाकले बताउनुभयो।

सरकारले देशकै गौरवशाली नेताको योगदानको अवमूल्यन गरे गाउँ–गाउँबाट हजारौं जनता सडकमा ओर्लिने चेतावनीसमेत रज्जाकले दिनुभयो। कांग्रेससँग जोरी खोज्नेहरू चुरचुर हुने दाबी गर्दे सभापति रज्जाकले वर्तमान सरकार पनि समाप्तिको बाटोतिर गइरहेको टिप्पणी गर्नुभयो। कार्यक्रममा नेता रामकृष्ण खाँण, विष्णु पोख्रेल, रामप्रसाद अधिकारीलगायतले बोल्दै गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पतालका सम्बन्धमा गरेको निर्णय सरकारले नसच्याएसम्म कांग्रेसको आन्दोलन नरोकिने बताउनुभयो।

नेताहरूले राजनीतिक पूर्वाग्रह राखेर लिइएका गलत निर्णय नसच्चिए सरकारविरुद्ध कडा संघर्षका कार्यक्रम गर्ने बताउनुभयो। नेताले डा। गोविन्द केसीले उठाएका माग आम जनताको पक्षमा रहेकाले तत्काल तीनको सम्बोधन गरी डा।केसीको जीवन रक्षाको माग पनि गरेका छन्। भेलाअघि नेता कार्यकर्ताले बुटवलको महेन्द्रपार्कबाट ट्राफिक चोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै ¥याली निकालेका थिए।

सरकारले केही दिनअघि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जीपी कोइराला श्वासप्रश्वास केन्द्रबाहेक देशका अन्य ९ वटा अस्पतालाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको थियो। कांग्रेसका नेतासँग नाम जोडिएकै कारण महŒवपूर्ण र ठूला अस्पताल भए पनि सरकारले ती दुई अस्पतालाई संघ मातहत नराख्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेसले निर्णय सच्याउन माग गर्दै संघीय संसद्समेत अवरुद्ध गर्दै आएको छ।