खोटाङ, (नेस)
खोटाङस्थित जिल्ला कारागार शाखा दिक्तेलमा महिला बन्दी राखिएको भवन जीर्ण बनेका कारण बस्न तथा सुत्न समस्या भएको गुनासो आएको छ। मानवअधिकार शान्ति समाज खोटाङले बिहीबार कारागार अनुगमन गर्ने क्रममा महिला बन्दीहरूले जीर्ण भवनमा बस्नुपरेकाले आफूहरूलाई सुत्न बस्न समस्या भएको गुनासो गरेका हुन्।
कारागार प्रशासन तथा बन्दीसँग प्रत्यक्ष भेटेर कारागारको अवस्था र उपलब्ध सेवा सुविधाको बारेमा जानकारी लिने क्रममा भूकम्प र कमजोर भौगोलिक अवस्थाका कारण चिराचिरा परेको भवनमा चिसो र त्रासका कारण बस्न असहज भएको महिला बन्दीहरूले गुनासो गरेका थिए। शान्ति समाजको कृष्णप्रसाद आचार्यको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाइएको मानवअधिकार शान्ति समाज खोटाङकी उपाध्यक्ष मुना चौलागाईंले जानकारी दिइन्।
३३ महिला र ६६ जना पुरूष अटाउन सक्ने क्षमता रहेको कारागार शाखामा हाल १ सय ११ जना बन्दी रहेका छन्। जसमध्ये १ सय ९ जना पुरूष र २ जना महिला बन्दीहरू छन् भने एक बालक आश्रित रहेको उपाध्यक्ष चौलागाईंले बताइन्।
े











प्रतिक्रिया