नवलपरासी, (नेस)
स्वतन्त्र पत्रकार संघ नेपालको नवलपुर जिल्लामा शाखा विस्तार भएको छ। संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र महासचिव नवराज पहाडीको उपस्थितिमा गैंडाकोटमा भएको पत्रकारको भेलाले रामहरि शर्मा अधिकारीको अध्यक्षतामा नवलपुर जिल्ला समिति गठन गरेको हो।
समिति उपाध्यक्षमा इन्द्रराज पौडेल, सचिवमा सविता तिवारी, सहसचिवमा योगेन्द्र कोइराला, कोषाध्यक्षमा सरू चापागाईं चयन हुनुभएको छ। यसै गरी समितिको सदस्यमा दिनेश कँडेल, प्रेम क्षेत्री, अमृत पौडेल र लक्ष्मी अधिकारी रहनुभएको छ।
साथै राष्ट्रिय पार्षदमा वरिष्ठ साहित्यकार तथा पत्रकार गोविन्दराज विनोदी र प्रदेश पार्षदमा फोटो पत्रकार भीमप्रसाद शर्मा चयन भएको समिति सचिव सविता तिवारीले जानकारी दिनुभयो। नवलपुर संघको १७औं शाखा हो।
जिल्ला अध्यक्ष शर्माले निकट भविष्यमा नवलपुर र चितवनलाई लक्षित गरी आधारभूत पत्रकारिता तालिम सञ्चालन गरी संघको संस्थागत विकासमा पहल गर्ने बताउनुभएको छ। गत साता बुटवलमा बसेको राष्ट्रिय समितिको बैठकले चैत मसान्तभित्र जिल्ला शाखाको अधिवेशन सम्पन्न गरी २०७६ वैशाख १६ गते तेस्रो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।











प्रतिक्रिया