वीरगन्ज, (नेस)
वीरगन्ज महागरपालिका–१४ बहुअरी मुस्लिम टोल माइती भएकी २० वर्षीया यसजरा खातुन २५ दिनदेखि बेपत्ता भएको माइती पक्षले बताएका छन्।
कान्छी छोरी हराएपछि फैजुल रहमान र रूवैदा खातुन चिन्तामा छन्। सजरा हराएपछि प्रहरीलाई खोजीका लागि निवेदन दिएको भए पनि अहिलेसम्म छोरी फेला नपरेपछि उनीहरू चिन्तित भएका हुन्।दुई वर्षअघि वीरगन्ज महानगरपालिका–१८ ईनर्वा मनियारी बस्ने चोकट मिया र फतमा खातुनको कान्छो छोरा २४ वर्षीय रहिम हवारीसँग उनको विवाह भएको थियो।
पछिल्लो पटक झन्डै डेढ महिनादेखि माइतमै रहेकी सजरा अंग्रेजी नयाँ साल मनाएर त्यसको भोलिपल्ट पुस १८ गते ससुराली ९घर० फर्केकी थिइन्। त्यसपछि उनी कहाँ छिन् माइती पक्षले थाहा पाउन सकेको छैन। घरमा जेठानीलगायतले कुटपिट गर्ने गरेका कारण भागेर सजरा माइत आउने गरेको माइती पक्षको दाबी छ।
‘सधैं आउने जाने गर्थिन्, पछिल्लो पटक कुटेर पठाएका रहेछन्, डेढ महिनाजति बसिन्, जेठानीले फोन गरेर पठाइदिन भनेपछि पठायौं, अहिले ससुरालमा पनि छैन भन्ने खबर आयो’, सजराका बुबा फैजुलले भने– ‘ जेठो छोरालाई ससुरालमा बुझ्न पठाएँ, उसले बहिनी कहाँ छ रु भनेर सोध्दा माइतीबाट आई ब्याग राखेर भागी भनेर जवाफ दिए। प्रहरीले भने सजराको तीव्र खोजी गरिरहेको दाबी गरेको छ।’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले खोजीमा कुनै कसर बाँकी नराखेको दाबी गरे। फोन पनि नबोक्ने र राम्रोसँग नबोल्ने भएका कारण अनुसन्धानमा कठिनाइ भइरहेको उनको भनाइ छ।
यसैबीच सजरा हराएको १५ दिनपछि प्रहरीले वीरगन्ज महानगरपालिका २० अपौनीमा एक जना महिलाको जलेको अवस्थामा शव फेला पारेको छ। स्थानीय भरतप्रसाद चौरसियाको गहुँ खेतमा राखेको परालको कुन्यु जलेको खरानीमा अन्दाजी २०÷२२ वर्षको महिलाको शव फेला परेको हो।
परालको कुन्युँमा आगो लगाइएका कारण महिलाको शव पनि जलेकाले शव पहिचान हुन सकेको छैन। यस विषयमा पनि अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।











प्रतिक्रिया