हेटौंडामा ड्रग्स सिरिन्ज म्यानेजमेन्ट क्याम्पेन

0
Shares

हेटौंडा, (नेस)
सिआन पुनस्र्थापना केन्द्र हेटौंडाले सुई, सिरिन्ज र अन्य लागूऔषधका खाली बोतल संकलन अभियान थालेको छ। पहिलो दिन ३ बोरा सिरिन्ज, डाइजेपाम, फेनारगन र अन्य संकलन भएको छ।
हेटौंडा–८ र ९ को कार्यालयको समन्वयमा जोखिम क्षेत्रमा ड्रग्स सिरिन्ज म्यानेजमेन्ट क्याम्पेन सञ्चालन गरिएको हो। क्याम्पेनबाट प्रयोग गरेर जथाभावी फालिएका सुई, सिरिन्ज र अन्य लागूऔषधका सामान संकलन गरिएको छ।

‘ती वस्तुले बस्तीलाई असर गरेको कुरा जानकारीमा आएको छ’, अभियानकर्ता कार्यक्रम सञ्चालक सौजन डीसीले भन्नुभयो– ‘यो अभियान केही दिन चलिरहन्छ।’ प्रहरीले निरीक्षण गरिरहने हो भने जोखिमबाट सुरक्षित रहन सक्छांै।

नगर क्षेत्रका सबै वडासँग समन्वय गरेर समस्या पहिचान र समाधानका लागि सरकारी निकायलाई आग्रह गरिने डीसीले बताउनुभयो। लागूऔषधको विकराल समस्या रोकथाम गर्नु सिआनको उद्देश्य हो।