सार्वजनिक शौचालय सञ्चालनमा चुनौती

0
Shares

काठमाडौं, (नेस)
सार्वजनिक शौचालय निर्माण गर्नु ठूलो कुरो होइन, भएका शौचालय चलाइराख्नु र आवश्यक परेका ठाउँमा शौचालय हुनुचाहिँ मुख्य कुरो हो। शुक्रबार महानगरको सभा कक्षमा सम्पन्न सार्वजनिक शौचालयसम्बन्धी प्रस्तुतीकरणपछि, सहभागीहरूबीच मत निर्माण भएको छ। सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन गर्न उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीको संयोजत्वमा गठित अधिकार सम्पन्न समितिले आयोजना गरेको विज्ञहरूको प्रस्तुतीकरणपछि यस्तो मत निर्माण भएको हो।

प्रस्तुतीकरणपछि धारणा राख्दै उपमेयर श्रेष्ठ खड्गीले अब सार्वजनिक शौचालय निर्माण गर्दा तथा व्यवस्थापन र सञ्चालन गर्दा निःशुल्क र सशुल्क गरी दुई प्रकारमा छुट््याउन जरुरी रहेको बताउनुभयो। ‘स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्न ठाउँ पहिचान गर्ने, ढाँचा प्रस्ताव तयार गर्ने र सञ्चालनका लागि कार्यविधि तयार गर्ने २ वटा कार्यदल बनेको र काम भइरहेको छ। ती कार्यदलले प्रतिवेदन दिनुअघि आयल निगमले सञ्चालन गरेका पेट्रोल पम्पमा शौचालय सञ्चालनको अवस्था र सम्भावनाका बिषयमा काम गर्छौं’ –उपमेयर श्रेष्ठ खड्गीको भनाइ थियो।

महानगरमा सार्वजनिक शौचालय सञ्चालनका लागि नीतिगत व्यवस्था तयार गर्ने आफ्नो प्राथमिक काम रहेको बताउँदै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले आवश्यकताका आधारमा ढाँचा र ठाउँ यकिन गरिने बताउनुभयो। त्यस क्रममा सुविधायुक्त शौचालय निर्माण अहिलेको आवश्यकता रहेको बताउँदै वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले समाजले स्वीकार गर्न सक्ने प्रविधिमा जाने धारणा राख्नुभयो।

खखखखखखखख