लीलाराज दाहाल
बागमती–११, कर्मैया, सर्लाही
फेसबुकको शुरूवात भएसँगै आफ्ना सिर्जना प्रकाशन गर्ने गतिलो माध्यम उसले फेसबुकलाई बनाएको थियो। ऊ गजल, मुक्तक, लघुकथा, हाइकुजस्ता साना आयामका रचना लेख्दै, पोस्ट गर्दै गर्न थाल्यो। लाइक र कमेन्ट आउँदा ऊ साह्रै खुशी हुन्थ्यो तर उसले सोचेजति लाइक र कमेन्ट नआएपछि ऊ उदासिएर बस्थ्यो।
पहिले त लाइक र कमेन्ट नआउँदा आफ्नो रचनामा परिपाक नपुगेर होला भनी चित्त बुझाउने गथ्र्यो अनि अझ मेहनत गरेर लेख्थ्यो। यसै क्रममा उसले सयौँ लघुकथा, सयौँ अन्य रचना लेखिसकेको थियो। तर अहँ ⁄ सोचेजति लाइक र कमेन्ट कहिल्यै आएन। ऊ निकै विचलित देखिन थाल्यो।
के लेख्नु हो साहित्य पनि ⁄ कसैले मन पराउने होइनन् ⁄ ऊ अब मनमनै सोच्न थालेको थियो। एकदिन उसको मनमा एक्कासी जुक्ति फु¥यो।
उसले स्त्रीलिंगी नाममा आफूले पहिले लेखेका रचना भटाभट पोस्ट गरेर लाइक र कमेन्टको पर्खाइमा बस्यो। रचना पोस्ट गरेको घन्टा पनि बितेको छैन, लाइकको संख्याले साथीको संख्या भेट्न आँटिसकेको थियो भने हजारौंको संख्यामा कमेन्टको वर्षा भैरहेको थियो। अब उसको मनमा खुल्दुली भैरहेको थियो। के म अब राम्रो लेखक भएको हुँ त रु लाइक र कमेन्टले त त्यसै भन्दै छन्।
अचेल उसले केही लेख्न सकेको छैन। उसको लेख्ने जाँगर पनि मर्दै गैरहेको थियो। ऊ बाढीस्वरूप आएका तिनै लाइक र कमेन्टको संख्या गनेर बस्न थालेको थियो।
प्रतिक्रिया