सलिम अन्सारी, प्युठान
पहेँलो रङको ज्याकेट, टोपी, हेल्मेट र हातमा औजार समाएर सडकमा बाटो बनाउँदै थिईन ऐरावती गाउपालिका ५ कि इन्द्रा बोहरा । विहानदेखी साँझसम्म चेरनेटा‐पुरनठाटी‐जोगीटारी सडक खण्डमा दैनिक भेटिने हेरालु हुन् उनी ।
कुरा गर्दै उनी सडकको छेउतिर गईन, औजार उचालिन र भनिन ‘सडक बनाउन थालेको धेरै भयो’ सडक हेरालु भनेपनी हुन्छ उनले भनिन।
हेरालुले सडकमा खसेका सानातिना ढुंगा र पहिरो हटाउने, नाली खन्ने सफा तथा मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने झारपात तथा झाडी हटाउने काम गरिरहनुपर्छ ।
सडक विभागका कर्मचारी जस्तै शनिबार बाहेक अन्य दिन बिहान ९ देखि ५ बजेसम्म उनलाई सडकमै भेटिन्छिन। दैनिकि ज्यालादारी काम गर्छिन उनी। पाँच सय ८५ रुपियाँ दैनिक कमाउछिन ।यसैको भरमा गुजारा चलाएको छु बोहराले सुनाईन ।
बोहोरा जस्तै अरु ७४ संम्भारकर्ता गाउँका सडकमा भेटिन्छन । सडक तथा यातायात व्यवस्थित गर्न पूर्वाधार शाखा प्युठान अन्तर्गत राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरडीपी)ले विभिन्न ७ ओटा ग्रामीण सडकखण्डमा यस्ता जनशक्ति खटाएको कार्यक्रमका सव इन्जिनियर चौधरीले बताए। ,‐‘कच्ची सड्कमा नियमित यातायात सञ्चालन गर्न सडक हेरालु राखेका छौ ’ । उनले भने‘सडक बिग्रनबाट रोक्न उनीहरूको काम प्रभावकारी हुनेछ ।’ कार्यक्रममार्फत उनीहरूलाई भत्किएको सडक तथा ससाना खाल्डाखुल्टी मर्मतको जिम्मा दिइएको छ ।
एक सय ५० किलोमिटर सडकखण्डको प्रत्येक २ किलोमिटरमा एकजना मर्मतकर्ता खटाइएको छ । यसबाट केही विपन्नहरुको आयस्तरमा समेत सुधार आउने उनको भनाइ छ ।
कार्यक्रमअन्तर्गत दाखाक्वाडी‐बर्जिवाङ‐सोत्रेसारी सड्कमा १५ जना, विजुवार‐ढुंगेठाटी‐देउराली सड्कमा ८ जना, बाग्दुला‐दम्ती‐बाहने सडक खण्डमा ३ जना, बाग्दुला‐मच्छी‐अर्खा भिमगिठे सड्क खण्डमा १९ जना संभारकर्ता राखिएको छ । त्यस्तै मच्छी‐ बागेमरोट‐सौतामारे सडक खण्डमा ८ जना, चेरनेटा‐पुरनठाटी‐जोगीटारी सडक खण्डमा १४ जना र कुमालटार‐कुन्द्राचौर‐रातापानी सड्क खण्डमा ८ जना गरि ७५ जना सम्भारकर्ता सडकको नियमित मर्मतमा खटिएको सब इन्जीनियर चौधरीले बताए ।
’सम्भारकर्ता आएनआएको अनुगमन गर्छौ’उनले भने,‐खन्ने स्थान किटान गरिदिन्छौँ । ’ ५ वर्षको लागि संवाहरकर्ता राखिएको हो । समय सकिन लागेको छ । चौधरीले भने,‐‘ यहीँ असार मसान्त सम्म समयअवधि हो ।सडकको नियमित रेखदेख र मर्मत सम्भारमा सघाउ पुग्ने गरी राखिएका हेरालुले सडकको स्तर खस्कन नदिने र सडक सफा राख्ने गरेका उनले बताए ।











प्रतिक्रिया