सिर्जना पन्त, बागलुङ
ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ३२ वर्षीय लोकबहादुर बुढालाई इलाका प्रहरी कार्यालय बुर्तिवाङले बागलुङको निसिखोला गाउँपालिका–२ देविस्थानका ५१ वर्षिय ओम बहादुर रसाईली माथि जातिय विभेद गरेको भन्दैं गिरफ्तार गरेको छ ।
२०७५ माघ ७ गते स्थानिय खड्क बहादुर पुन की छोरीको विवाह भोजमा लोकबहादुर बुढाले दलित र गैरदलितको छुट्टा छुट्टै भोजको व्यवस्था भएपनि रसाईलीलाई गैरदलितको भोजमा प्रवेश गरेको भन्दैं लखेटेपछि पीडित पक्षले माघ ८ गते ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा लिखित उजुरी दिएका थिए । पीडितको उजुरी पछि प्रहरीले बुढालाई माघ ८ गतेनै गिरफ्तार गरेको थियो ।
पीडित र पीडक पक्षविच माघ ९ गते इलाका प्रहरी कार्यालय बुर्तिवाङमा छलफल चलाएको थियो । यस अघि पनि जातिय छुवाछुतका सामान्य उजुरी पर्ने र छलफलको क्रममा गल्ती नदोहो¥याउँने सर्तमा मिलापत्र हुने गरेकोमा यसपटक पीडितले पीडकलाई कारवाही हुनुपर्ने अडान लिएका कारण जातिय छुवाछुतको उजुरी कानुनी रुपमा अगाडी बढेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बताउँनुभयो ।
बुढालाई ९ गतेनै कानुनी कारवाही र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको छ । नेपालको संविधान र ऐन कानुन अनुसार कसैले कसैलाई जातीय विभेद तथा छुवाछुत गर्नु दण्डनीय अपराध हो । नेपालको संविधान २०७२ को मौलिक हक अन्तरगत धारा २४ अन्तरगत छुवाछुत तथा विभेद विरुद्धको हकमा कुनै पनि व्यक्तिले सार्वजनिक वा निजी स्थलमा कसैलाई जातीय विभेद तथा छुवाछुत गर्न नहुने र त्यस्तो कार्य गरेमा कानुन बमोजिम दण्डनीय अपराध हुने स्पष्ट कानुनी व्यवस्था रहेको छ ।
त्यसैगरी छुवाछुत कसुर र सजाय ऐन २०६८ मा समेत कसैले कसैलाई सार्वजनिक वा निजी स्थालमा जातीय विभेद तथा छुवाछुत गरेमा दण्डनीय अपराध हुने र दोषीलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।











प्रतिक्रिया