नुवाकोट(नेस) । नुवाकोटको शिवपुरी गाँउपालीकाले गाउँपालीका क्षेत्र भित्रका स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलाहरुलाई प्रति सुत्केरी १५ सय रुपैयाँ भत्ता दिने भएको छ ।
सुत्केरी महिलाहरुमा देखिएको कुपोषण घटाउनको लागि माघ १ गते देखि लागुहुने गरी गाँउपालीकालेस्वास्थ्य चौकीको बर्थीङ सेन्टरमा सुत्केरी गराउने महिलाहरुलाई पोषण भत्ता दिने निर्णय भएको शिवपुरी गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले बताए । स्वास्थ्य चौकिको बर्थीङ सेन्टरमा सुत्केरी गराए बापत सरकारले २ हजार रुपैयाँ यातायात खर्च र सुत्केरीले चौथो, छैठौं, आठौं र नवौं महिना गरी चारपटक स्वास्थ्य जाँच गराएबापत थप ८ सय रुपैयाँ पाँउदै आएका थिए ।
गर्भवती महिलाले अव चारपटक स्वास्थ्य चौकिमा जाँच गराएर शिवपुरी गाँउपालीका भित्रका बथिंङसेन्टरमा सुत्केरी गराएबापत अव एकमुष्ट ४ हजार ३ रुपैयाँ पाउने छन् । शिवपुरी गाँउपालीका भित्र हाल तलाखु, सल्लेमैदान, सुनखानी र थानापति स्वास्थ्यचौकीमा बथिंङसेन्टर संचालन भएका छन ।











प्रतिक्रिया