फजम कप फुटबल आजदेखि


काठमाडौं, (नेस)
संस्थागत बिद्यालयको संचालक मञ्च(फिजन) को आयोजनामा आठौं फिजम कप अन्तर बिद्यालय फुटबल प्रतियोगिता आजबाट शुरु हने भएको छ ।

बिहिवार पेप्सिकोला स्थित नेक्सस इन्टर नेसनल एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सुनिल केसीले नकाउटका आधार संचालन हुने प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराए । पेप्सिकोलाको खेल मैदानमा माघ १९ सम्म संचालन हुने प्रतियोगिताको समूह क मा बेष्टग्रप भिजन,नेपाल तारा,रत्न     शिक्षा,अर्किट,किड्स,ग्लोबल,मोनारिक,मदरल्याण्ड,ग्रामर र एम्स रहेका छन् । त्यस्तै समूह बीमा न्युहोली,र्हब्रन,माउण्ट सेब,अन्नपूर्ण,नेक्सस,लाइसियन,दिपीका,भिमेश्वर र प्रज्ञा रहेका छन् ।