‘जापानी थप लगानी गर्न इच्छुक’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधीमण्डलबीच भेटवार्ता भएको छ । जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बिहीबार ऊर्जा मन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटमा ऊर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उहाँंले ऊर्जा र जलस्रोत मन्त्रालय मातहतका विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको कृषि क्षेत्रको विकासको लागि सिँचाइको महत्वपँर्ण भँमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागि मन्त्रालयले भेरी,बबई,रानी जमरालगायतका केही ठँला आयोजना अघि बढाइरहेको जानकारी दिनुभयो ।

‘हामीले बर्षभरी नै सिँचँई गर्न सजिलो होस् भनेर केही ठँला आयोजना अघि बढाएका छौं, हाम्रो भुगोल सुहाउंँदो सिँचाइको प्रविधि खोज्न पनि मैले मातहतकालाई निर्देशन दिएको छु, तपाईहरुजस्ता विज्ञहरु आउंँदा यो क्षेत्रको प्रविधिको अध्ययन र अनुसन्धानमा सहयोग होस् भन्न चाहन्छु ।’ भेटमा मन्त्री पुनले भन्नुभयो ।

मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिंँदै सिंँचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिँंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपाल कृषि प्रधान देश रहेको भन्दै कृषि क्षेत्रमा सहयोग गर्न आफुहरु तयार रहेको धारणा राख्नुभयो ।
‘नेपालमा के कस्ता सम्भावनहरु छन्, हामी त्यसको अध्ययन,अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ ।’ उपमहानिर्देशक ताकामीले भने ।

उहांँले सिँचाइ र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान बाड्न आफँहरु इच्छुक रहेको बताउनुभयो ।