सिभिल बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सिभिल बैंकले बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसंँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके टामोटले हस्ताक्षर गर्नुभयो ।

अब जनरल इन्स्योरेन्सका बीमा सेवालाई सिभिल बैंकका ७१ शाखामार्पmत ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

सिभिल बैंकले यसअघि पनि निर्जीवन बीमा कम्पनी तथा जीवन बीमा कम्पनीहरुसंँग सम्झौता गरी निर्जीवन बीमा तथा जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।