हेटौंडामा ६० करोडको होटल

0
Shares

हेटौंडा, (नेस)
प्रदेशको स्थायी राजधानी बन्ने तयारीमा रहेको हेटौंडामा करिब ६० करोड रुपियाँ लगानीमा स्पासहित सुविधासम्पन्न होटल बन्ने भएको छ । १ हजार सिट क्षमताको वातानुकँलित सभाहल र ३ वटा सेमिनार हल, ८२ कोठासहितको होटल निर्माण गरिने भएको छ ।

हेटौंडा–२, श्रृष्टिटोलमा अवस्थित साठे ७ कठ्ठा जमिनमा भवन शिलान्यास गरिएको छ । इफल होटल रिसोर्ट एन्ड स्पा नाम दिइएको होटलको अन्डरग्राउन्ड पार्किङ हुनेछ । १० तले भवनको माथिल्ला तलाबाट अगाडि झरना झारिने बताइएको छ ।

होटलमा रुफटप स्विमिङ पुल हुनेछ । करिब २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालकले जनाएको छ । नारायणी मलका सञ्चालकहरु दीपक आचार्य, नवराज आचार्य र नारायणी मलको व्यवस्थापक कैलाश ढकालको समँहले ठँलो परियोजना शुरुवात गर्न लागेको हो ।

जमिनको मँल्यसहित ६० करोड लागत अनुमान गरिएको परियोजनाको भौतिक संरचना निर्माणमा मात्रै ४० करोड रुपियाँ लगानी रहने नवराज अर्यालले जानकारी दिनुभयो ।

६ वर्षअघि हेटौंडामा ठँलो व्यावसायिक केन्द्र नारायणी मल निर्माण शुरु गरेर २ वर्ष अवधिमा निर्माण पँरा गरेको उल्लेख गर्नु हुँदै आचार्यले उक्त परियोजनालाई पनि २ वर्षभित्र निर्माण पँरा गर्ने लक्ष्यसाथ काम गरिने बताउनुभयो ।

होटल व्यवसायमा यत्ति ठँलो लगानी गर्दा काठमाडौं, चितवन वा अन्य क्षेत्रमा बढी लाभ हुने देखिए पनि आफ्नै ठाउँमा सबैको साथ र सहयोगमा केही गरौं भन्ने भावनाले काम शुरु गर्न लागिएको आचार्यले स्पष्ट पार्नुभयो ।

होटल निर्माणका लागि आवश्यक रकम बैंकमार्फत् ऋण लिइने उहाँले जानकारी दिनुभयो । हाल साढे ७ कठ्ठा क्षेत्रफलको जमिनमा होटल निर्माणको गरिने र आवश्यक्ताअनुसार सँगैको डेढ कठ्ठा क्षेत्रफलको जमिन पनि प्रयोग गर्न सकिने उहाँको भनाइ छ । होटलले हेटौंडाको व्यावसायिक वातावरण वृद्धि गर्ने सञ्चालकहरुको विश्वास छ ।