मुक्तिनाथ विकास बैंकको शाखा कुपण्डोलमा

0
Shares

काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंकले ललितपुरको, कुपण्डोलमा नयाँ शाखा स्थापना गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गर्नुभयो । शाखा कार्यालय उद्घाटन गर्नु हुँदै मेयर महर्जनले बैंकिङ कारोबारमा सहज र सरल हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठ बैंकका ब्रान्ड एम्बेस्डरसीताराम कट्टेल ( धुर्मुस ), फ्रेण्डस् क्लबका अध्यक्षश्री राजीवराज पौडेललगायतले मन्तव्य राख्नु भएको थियो ।

मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडांै उपत्यकाभित्र कुपण्डोललगायत महाराजगन्ज, कमलादी, सीतापाइला, कुलेश्वर, लगनखेल, न्यँरोड, नयाँबानेश्वर, चाबहिल, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखा सञ्चालनमा आइसकेका छन् । त्यस्तै इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुंगेअड्डा, बत्तीसपुतलीबाट पनि छिट्टै शाखा खोल्ने तयारीमा रहेको बैंकले जनाएको छ ।