राष्ट्रिय वाणिज्य बैंकका तीन वटा स्मार्ट शाखा

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय वाणिज्य बैंक ५४औं वर्षमा प्रवेश गरेको छ । बिहीबार आयोजित वार्षिकोत्सव कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपाली अभियानको सफलताको लागि सबै स्थानीय तहमा मात्र नभई हरेक वडा वडामा बैंकको शाखा पुग्नुपर्ने भन्दै विपन्न वर्ग, उत्पादनशील क्षेत्र तथा पँर्वाधार र युवास्वरोजगारकोे क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालको आर्थिक विकासमा बैंकले खेलेको भँमिकाको सराहना गर्दैे बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा थ्रपंक्रिमा रहेको धारणा राख्नुभयो । बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले त १० वर्ष यतादेखि बैंकको सबै वित्तीय सुचकहरु सकारात्मक ढगंले अगाडि बढिरहेको तथा समयानुकुल रुपमा सबै क्षेत्रमा प्रगति गर्दै गईरहेको र बैंकलाई डिजिटलतर्फ लाने क्रममा आज तीनवटा शाखालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म बैंकले १ खर्ब ८२ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपियाँ कर्जा लगानी गरेको बताउनुभयो । बैैंकले यस अवधिमा खुद मुनाफा १ अर्ब ९६ करोड रुपियाँ पु¥याएको र बैंकको कुल सम्पत्ति २ खर्व ४ अर्ब रुपियाँ पुगेको श्रेष्ठले जानकारी दिनुभयो ७७ वटै जिल्लाका २१७ शाखामध्ये बैंकका नक्साल, पुल्चोक र हेटौंडा शाखालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गरिएको बैंकले जनाएको छ ।