कृष्णउदास खनाल, वीरगन्ज
पर्सामा एक विद्यालयका प्रधानाध्यापक (प्रअ) घुस रकमसहित पक्राउ परेका छन् ।
१२ हजार घुससहित एकजना प्राधानाध्यापकलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
जिल्लाको छिपहरमाई गाउँपालिका ४ तुल्सीवर्वा स्थित नेपाल राष्ट्रिय प्रावि वर्वाटोलका प्रधानाध्यापकलाई प्रभु गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले नियन्त्रणमा लिएको हो ।कृषि विकस बैंकबाट ऋण मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित गिरीलाई नियन्त्रणमा लिएको अख्तियारको कार्यालय हेटौंडाले जनाएको छ ।











प्रतिक्रिया