विमल विष्ट, डोटी ।
दिपायलको पिपल्लामा रहेको एकमात्र बसर्पाक व्यवस्थित बन्न नसक्दा गाडी पार्कीङ्मा समस्या हुनथालेकोछ । पुरानो क्षेत्रीय सदरमुकामको प्रमुख व्यापारीक क्षेत्र दिपायल पिपल्लाबजार स्थित दिपायल बसर्पाक अव्यवस्थित हुँदा यातायात व्यवसायीहरुलाई गाडी पार्कीङ् गर्न निकै कठिनाई हुने गरेको छ । जमिन मालीक सँग विसं. २०६० साल जेठ ९ गते जमिन भाडामा लीएर वसर्पाक सञ्चालन गर्ने सम्झौ गरी दिपायल सिलगढी नगरपालीकाले वसपार्क सञ्चालन गर्न कार्यआरम्भ गरेको थियो ।
सोही अनुरुप नगरपालीकाको १६ लाख र अन्य संघ/संस्थाहरुको सहायोग तथा उपभोक्ता समूहुको श्रमदान समेत गरी कुल २४ लाखको लागतमा वसपार्क निर्माण कार्य सम्पन्न भएको हो । २४ लाख रुपैयाको लागतमा बसपार्क बनेतापनि वसपार्कमा रहेका सँरचनाहरु र समग्र वसपार्कको सौन्दर्य लामो समय सम्म टिक्न सकेन ।
ग्राभेल तथा पिच नभएका कारण बसपार्क सामान्य पानी पर्दा समेत हिलाम्मे हुने गरेको छ । करीब १० कोठे भवन बराबरको शौचालय समेत बसपार्कको छेउमा बनाईएको छ तर शौचालय प्रयोग गर्न त के शौचालय टाढैबाट अवलोकन गर्न लायक पनि छैन् । फोहोरै फोहरले भरीएको शौचालय र शौचालय जाने बाटो पनि त्यस्तै फोहोर भएकाले शौचालय प्रयोगबिहीन बनेको स्थानियवासी भरत बिकले बताउनुभयो । उहाँले भन्नुभयो, वसपर्कमा सबै सेवा सुबिधा बनाएको छ तर उपयोग बिहिन छन्,वनाएको नी केही काम लागेन ।”
वसपार्क वरीपरीको ढलनिकास कार्य समेत व्यवस्थित छैन र ढलनिकासका लागि बनाईएको नहर पनि फोहरको थुप्रोले भरीएको छ । वसर्पाक व्यवस्थित नहुँदा यातायात व्यवसायीहरुलाई गाडी पार्कीङ् गर्न मात्र नभै त्यस क्षेत्रका अन्य व्यापारीहरुलाई समेत निकै समस्या पर्ने गरेको नेकपाका नेता तथा स्थानिय तेज डुम्रेलले बताउनुभयो । वसपार्कमा खाल्डा खुल्डि परेर निकै अव्यवस्थित बनेको छ ।
बसर्पाक अव्यवस्थित हुँदा बर्षादको मौसममा समान्य पानी परेपछी सवै पानी आफुहरुको पशलमै आउने गरेको व्यापारीहरु बताउँछन् । त्यसै गरी बर्षादको मौसममा बसपार्कमा गाडी आवतजावत गर्न निकै मुस्किल पर्ने गरेको गाडीचालकहरु बताउँछन् । गाडीचालक चक्र भण्डारीले भन्नुभयो, “बसपार्क सञ्चालकहरुले दैनिक गाडी राखेको पैसा उठाउ छन् तर वसपार्क व्यवस्थित गर्दैनन् ।”
बसपार्क सञ्चालकहरुले सडकमा गुड्ने गाडीहरुबाट पनि शुल्क अशुल्ने गरेको दावी गर्दै भण्डारीले थप भन्नुभयो, “बसपार्कमा बस्ने गाडीबाट शुल्क लिनु स्वभाविकै हो तर सडकमा हिड्ने अन्य गाडीहरुबाट पनि शुल्क अशुल्नु गैरकानुनी हो ।” वसपार्क मर्मत तथा सुधारकालागि भनेर यहाँको दिपायल सिलगढी नगरपालीकाले बेला–बेलामा थुप्रै योजनाहरुका लागि रकम बिनीयोजिन गर्ने गरेको भएपनि हाल सम्म त्यो सार्थक बन्न सकेको स्थानियको आरोप छ ।
दिपायल बसपार्कलाई व्यवस्थित बनाउन नगरपालीकाले आलटाल गर्ने र योजना सम्पन्न गर्ने काम मात्र नभई सरकारबाटै बृहत योजना बन्नु पर्ने स्थानियको माग छ । वसपार्क बिकासका लागि यहाँका भौतिक संरचनाको बिकास हुनु पनि त्यत्तिकै आवश्यक रहेको उद्योग बाणीज्य संघ डोटीका महासचिब दीपक खड्काले बसपार्क व्यवस्थित बन्नु पर्ने र शौलायहरु समेत यथासिघ्र सञ्चालनमा ल्याईनु पर्ने बताउनुभयो ।
हाल प्रयोग बिहीन बनेका शौचालय मर्मत गरेर प्रयोग योग्य बनाईनु पर्ने र शौचालयमा पानीको व्यवस्था समेत गरीनु पर्ने खड्काको माग छ । उता दिपायल सिलगढी नगरपालीकाका कार्यकारी अधिकृत भोजराज शर्माले बसपार्क व्यवस्थित गर्न पटक–पटक थुप्रै प्रयासहरु गरेको भएतापनि स्थानीयले त्यसको सही सदुपयोग गर्न नसक्दा सवै प्रयासहरु निरर्थक बन्न पुगेको दाबी गर्नु भयो ।
शौचालयमा निरन्तर पानीको आपुर्ती गर्ने गरी धाराको व्यवस्था गर्दा पनि स्थानियले पाईपहरु र धाराका सवै उपकरणहरु तोडफोड गरी चोरेर लैजाने गरेको शर्माको आरोप छ । शौचालयमा काम गर्ने एक जना कर्मचारीको व्यवस्था गरेर समेत सेवा प्रवाहलाई सजिलो बनउने प्रयास नगरपालीका बाट भएको भएतापनी स्थानीयले कर्मचारीलाई उल्टै कुटपीट गरेर लखेट्ने गरेको समेत कार्यकारी अधिकृत शर्माको भनाई छ । चेतना अभावका कारण स्थानीयले शौचालयको सही प्रयो गर्न नजान्दा यस्तो समस्या आईपरेको शर्माले बताउनुभयो ।











प्रतिक्रिया