सवारी दुर्घटनामा ३ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
काठमाडौं, रुपन्देही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका(१४ रविभवनस्थित सडकमा बा।५ च ९२७१ नम्बरको भ्यानले बुधबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री मकवानपुर हेटौंडा उपमहानगरपालिका(५ बस्ने ५२ वर्षीय अर्जुनबहादुर नेपालीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही देवदह नगरपालिका(९ भलुहीस्थित महेन्द्र राजमार्गमा लु।२ ख ३५४७ नम्बरको ट्रिपर र लु।३२ प ८१४८ नम्बरको मोटरसाइकल एक(आपसमा ठक्कर खाई दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली हरिहरपुरगढि गाउँपालिका(१ गाग्रिढुङगास्थित जेसिबीको टायर खोली बनाई हावा हाल्ने क्रममा उक्त टायर पड्कदा गम्भीर घाइते भएका जेसिबीका सहचालक गोरखा बारकपाल गाउँपालिका(३ सुलिकोट बस्ने १८ वर्षीय जिबन भन्ने भिमबहादुर थापा मगरको चुरेहिल अस्पताल हेटौंडा मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।