करेन्ट लागेर १८ वर्षिय युवकको मृत्यु

0
Shares

सिराहा ।
लहान नगरपालिका(२३ गाढा तिलेवनास्थित उखुबारीमा सोही ठाउँस्थित सखुवानान्करकट्टि गाउँपालिका(४ सिम्राही बस्ने १८ वर्षिय मोहमद मजलुमको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने १७ वर्षीय मोहमद रहमद र १९ वर्षीय मोहमद जवाहर समेत उक्त उखुबारीमा उखु खान जाने क्रममा उखुबारीलाई तारले घेरी करेन्ट प्रावह गरी राखेको अवस्थामा मजलुमलाई करेन्ट लागेर गम्भीर घाइते भएकाले उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
फरार रहेका रहमद र जवाहरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।