उदयपुर ।
चौदण्डीगढी नगरपालिका ३ स्थित काली खोलाको किनारबाट अवैध लागूऔषध लुपिजेशिक ८ एम्पुल, फेनारगन ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलाका नगरपालिका ४ गुरुङचौरी बस्ने ३३ वर्षीय राजु कार्की, ३२ वर्षीय राजु राई, ३३ वर्षीय अर्जुन राई, २५ वर्षीय नबिन राई, चौडण्डीगढी नगरपालिका(३ बसाहा बस्ने ३० वर्षीय मिनबहादुर मगर र सप्तरी सप्तकोशी नगरपालिका १ बस्ने ३६ वर्षीय मनोज मगर रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया