विद्यार्थीको फिल्म प्रदर्शन

0
Shares

अध्यापन गराउँदै आएको फिल्म स्कुल कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीद्वारा निर्मिति सर्ट फिल्म राजधानीको क्युज सिनेमा हलमा प्रदर्शन गर्दै दोस्रो ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा फिल्म एक्टिङ र फिल्म मेकिङमा एक वर्षे डिप्लोमा कोर्स पूरा गरेका २६ जना विद्यार्थीलार्ई ग्र्याजुएट गरिएको थियो भने ग्र्याजुएट विद्यार्थीले बनाएको फरक फरक विषयका ९ सर्ट फिल्म प्रदर्शन गरिएको थियो। सो अवसरमा हेम प्रभासको द मास्क, दीपेश याक्सोको तिम्मक, रीमा थापाको ब्युत्क्रमो, उदय अधिकारीको पाथ टु हेल, राजदीप लामाको ग्यास अफ काठमाडौं, ईश्वरी आचार्यको बुद्ध, आइज एन्ड बिटविन, उद्धव दंगालको लोङवाङ, रवीन्द्र श्रेष्ठको रियल कोइन्स र दीपेन्द्र मल्लको पद्मा प्रदर्शन गरिएका थिए।

फिल्म हेरिसकेपछि ग्र्याजुएट भएका विद्यार्थीलाई निर्माता तथा एकेडेमीका अध्यक्ष छविराज ओझा, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, निर्देशक उज्ज्वल घिमिरे र निर्माता केशव भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै निर्देशक दीपाश्री निरौलाले सबै फिल्म राम्रो भएको र सधैं यही जोसका साथ कहिल्यै हार नखाई अगाडि बढ्न सबै विद्यार्थीलाई हौसलासहित शुभकामना दिएकी थिइन्।

विद्यार्थी, शिक्षक, अभिभावक र पत्रकारका बीचमा गरिएको फिल्म प्रदर्शनी कार्यक्रममा विभिन्न फिल्मकर्मी सहभागी भएका थिए।