कमेडीमा बद्रीबहादुर

0
Shares

निर्देशक शोभित बस्नेतको निर्देशनमा बद्रीबहादुर नामक फिल्म निर्माण हुने भएको छ। भोलि शुक्रबार छायांकन शुरू हुने फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा रवि अधिकारीले निर्माण गर्न लागेका हुन्।

करिब एक करोड रुपियाँको लागतमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने मिथुन भोटे कार्यकारी निर्माता रहनेछन्। फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, धिरेन शाक्य, शोभित बस्नेत, लय संग्रौला, एलिना रायमाझी, उत्तम केसी, अञ्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ, मंगल भोटेले अभिनय गर्नेछन्। यो फिल्मबाट राजीवजंग बस्नेत र एलिना गुरुङ रजतपटमा डेब्यु गर्दै छन्। फिल्ममा नायिका पूजा शर्मा र सलोन बस्नेतको विशेष भूमिका रहनेछ।

फिल्ममा रामकाजी घिमिरेको लेखन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन, विनोद सापकोटाको छायांकन र समीर मियाको सम्पादन रहनेछ। फिल्मको सुटिङ लमजुङ, काठमाडौं, धरान र संखुवासभाका विभिन्न ठाउँमा गरिने निर्देशक बस्नेतले बताए। कमेडीमा आधारित फिल्म तीजमा रिलिज गरिने पनि उनले बताएका छन्।