नेपाल समाचारपत्र, पोखरा
दुइतिहाइको सरकारले गैरजिम्मेवारी पूर्ण तरीकाले अराजकता गतिविधि तर्फ उन्मुख भएको भन्दै नेपाल तरुण दलले देश भरी नै विरोध गर्ने भएको छ । स्थानिय तहको निर्वाचन पश्चात बहुमतको सरकारले जनआकांक्षा र राष्ट्रको आवश्यकता अनुरुप काम गर्ने भरोसा गरे पनि सरकारले आम नेपालीलाई दुख दिएको भन्दै माघ ११ गते देशभर आन्दोलन गर्ने तयारी गरेको हो ।
‘सरकारले संविधाननको रक्षा र कार्यान्वयनको महत्वपूर्ण घडिको शुरुवाति चरणबाटै उल्टो यात्रा तय गर्दै अगाडि बढ्न थालेको छ, अब पनि यस्तै रहे हामि सरकार ढाल्छौ‘ नेपाल तरुणदल कास्कीका सभापति मनोज गुरुङले बताए । सरकारलाई जिम्मेवारी बन्न आग्रह गर्दै नागरिकको हक अधिकारको रक्षा गर्नुपर्ने गुरुङले बताए । हामीले सरकारको गतिविधि धेरै नियाल्यौ अब सडक बाहेक अरु विकल्प छैन उनले वताए । सरकारलाई कानुनि राज्य स्थापित गर्न पटक पटक सचेत गराउदा समेत कुनै चासो नदेखाई राज्य आतंक मच्याउने कार्य गरेकोले आन्दोलनमा होम्मिन बाध्य उनले वताए ।
राष्ट्रिय मुद्धाहरुमा तरुणदल जनताको सार्वभौम अधिकारको रक्षाको निमित्त सधैँ चिन्तित रहेको उनको भनाई छ । सरकारले निर्मला हत्याकाण्डको हत्यारालाई लुकाउने देखि वाइडबडि जहाजमा भएको घोटलामा समेत भ्रष्टचारीलाई लुकाउने काम भएको बताउदै जुन सुकै पार्टिको नेता भए पनि कार्वाहि हुनुपर्ने तरुणदलको माग छ । जनअपेक्षा सरकारलाई काम गर्न सचेत गराउनको लागि सडकमा उत्रिन लागेको वताउदैँ आन्दोलनलाई सफल बनाउन उनले सबैमा आग्रह गरे । ११ गते हुने विरोध सभालाई तरुणदलका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने छन ।











प्रतिक्रिया