एक्कासि चिसोले संखुवासभाको जनजीवन प्रभावित

0
Shares

इन्द्र गिरी, संखुवासभा
संखुवासभा जिल्लामा चिसोको कारण आज दिनभर जनजिवन प्रभावित भएको छ । आज विहानै देखि हल्का वर्षा संगै चिसो बढेपछि जनजिवन कष्टकर बनेको हो । जिल्लामा चिसोको कारण विद्यालय, सरकारी तथा गैह्र सरकारी कार्यालय समेत प्रभावित भएका छन ।

जिल्लाको हिमाली क्षेत्रमा आज विहानै देखि हल्का हिमपात भएको मकालु गाउपालीकाका ५ का भरत कटुवालले बताउनु भयो । आज एक्कासी अत्याधिक चिसो बढेको छ । चारै तिर डाडामा हिमपात भई रहेको देखिएको छ । अत्यधिक चिसोले स्थानिय नुमबासी बाहिर निस्कन समेत नसकेको बताउनु भयो ।

चिसोको कारण आज जिल्लाका अधिकांस विद्यालयको पठन पाठन पनि प्रभावित भएको छ । चिसो बढे संगै उत्तरी क्षेत्रमा रहेका विद्यालयमा विद्यार्थीहरुको न्युन उपस्थिति रहेको छ भने जिल्लाको सदरमुकाम क्षेत्रका विद्यालयमा समेत अघिल्लो दिनको अनुपातमा विद्यार्थी न्यून मात्रमा विद्यालय आएकाले पठन पाठन प्रभावित भएको वागीस्वरी माविका शिक्षक महेन्द्र कट्ेलले बताउनु भयो ।

विहानै देखि वर्षा संगै चिसो बढेकोले जिल्लाको दरमुकाम खाँदवारी, चैनपुर, नुमबजार मा मानिसहरुको चहलपहल समेत न्यून देखिएको छ । सरकारी तथा ग्रैह्र सरकारी कार्यालयमा सेवा ग्राही समेत न्यून रहेको खाँदवारी नगरपालीकाका अधिकृत खेमराज निरौलाले बताउनु भयो ।

चिसोको कारण जिल्लाका हिमाली क्षेत्र पनि नराम्ररी प्रभावित भएका स्थानियवासीले बताएका छन । चिसो र हिमपातको कारण जिल्लाको भोटखोला गाउपालीकाको हुङगुङ चेपुवा , किमाथांका चैनपुर नगरपालीकाको गुफापोखरी क्षेत्रमा हिमपात भएको बताईएको छ । स्थानियवासी हिमपात र चिसोको कारण जनजिवन कष्टकर भएको छ ।