हिमपातमा रमाउँदै पर्यटक

0
Shares

अर्जुन बोहरा, सिमकोट, हुम्ला
सोमबार देखि हुम्लामा भारी हिमपात भएको छ । हुम्लाको उच्च भागमा बाक्लो हिउँ जमेको छ ।

माघ महिनाको पहिलो सतामै भारी हिंमपात भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताउनुभयो । हिउँले हुम्लाका उतरी गाउँपालिकाहरुका बस्ती सेताम्मे भएका छन् । हिउँ परेपछि सदरमुकाम सिमकोट रहेका पर्यटक पनि हिउँ खेलेर रमाइरहेका छन् ।हुम्लाका उच्च हिमश्रखलाहरुका दृश्यावलोकनका लागि हुम्लामा पर्यटक आउने मौसम फागुन बाट शुरु हुने भएकोले यस बर्षकै ठँलो हिमपात भएको थियो ।

अहिले सदरमुकाम सिमकोट क्षेत्रमा आन्तरिक पर्यटक र स्थानीय बासिन्दा हिउँमा खेलेर रमाउन थालेका छन् । दश बर्ष पछि यस पटक हुम्लामा ठँलो हिमपात भएको सिमकोट गाउँपालिका – २ का गोरसिह बोहराले बताउनुभयो ।

सिमकोटमा बजारमा कर्मचारी सुरुक्षाकर्मी स्थानीय बासिन्दा,आन्तरिक तथा वाहय पर्टक समेते सेल्फी खिच्दै हिउँमाथि खेलिरहेका छन् । चारैतिर हिमाल जताततै सेतेम्मै हिमालले यतिखेर हिमपातले रमणयि बनाएको छ ।

सुन्दर डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यले मनमोहक च्याँगला भन्जायङ्ग,सैपाल हिमाल उतरी कैलाश मानसरवर संग जोडिएको हिमाल यतिखेर सेतेम्मेले जो कोही पर्यटकलाई आकर्षित बनाएको छ ।


स्किङ्ग सञ्चालन
हिमपात भएपछि हुम्लामा पहिलो पटक स्किङ्ग चिप्पेलटी सुरु भएको छ । पछिल्लो समयमा बाह्य पर्यटकहरुले हिउँमा रमाउनको लागि हुम्लामा पहिलो पटक पुगेका छन । यो पटक स्थानीय युवा सहित विदेशी नागरीकको सहकार्यमा स्किङ्ग (चिप्लेटी) सञ्चालनमा ल्याएका हुन् ।

हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जाल तथा स्कि स्नोबोडिङ्ग फाउण्डेशन नेपालको सहकार्यमा पहिलो पटक अत्याधिक हिमपात हुँदा हिउँमा स्किङ्ग (चिप्लेटी) खेलेर रमाउने प्रयास गरेको हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । हिउँमा स्किङ्ग (चिप्लेटी) खेलेर रमाउने साधान एक हप्ता अगाडि नै हुम्लामा पुगाए पनि हिउँको पर्खामा रहेको अध्यक्ष लामाले बताउनुभयो । हुम्लामा मंसिर लागे सँगै फाल्गुन सम्म हिमपात हुने भएकाले यो पेशलाई निरन्तरता दिएमा बाह्य पर्यटक आगमन हुने र जिल्लावासीलाई फाईदा हुने लामाले बताउनुभयो ।