भारतबाट गुणस्तरहीन दूध ल्याउन रोक

0
Shares

 

नेपाल समाचारपत्र, बाँके
नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै दँध भित्रिन दिने नीति बनाएपछि सिधा बाटोबाट दँध भित्रिन छोडेको छ ।
भारतीय दँध व्यवसायीले भन्सारलाई चुनौती दिदै छोटी नाकाबाट नेपालगञ्जमा दँध भित्र्याउन थालेका छन् । व्यवसायीले विहान ल्याइरहेको दँध अहिले दिउँसो ल्याउने गरेका छन् ।

भारतबाट नेपालगञ्जमा भित्रिने दँध गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघि सारेको हो । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारतबाट दँध ल्याउन रोकेको नभई गुणस्तरीय र भन्सार गरेर भित्र्याउन आग्रह गरेको बताउनुभयो । ‘नेपालमा गुणस्तरहीन दँध आइरहेको छ भन्ने व्यापक गुनासो आयो । त्यही भएर हामीले गुणस्तर परीक्षण गरेको रिपोर्ट देखाई भन्सार गरेर दँध भित्र्याउन भनेका छौं, भन्सार प्रमुख निरौलाले भन्नुभयो, गुणस्तरहीन दँध ल्याएर जनस्वास्थ्यमा खेलवाड गर्न त पाइएन नि ।’

भारतबाट नेपालगञ्जमा दैनिक एक हजार तीन सय लिटर आउने गर्दछ । बजारका अधिकांश घरधनी र रावडी, दही, मिठाई बनाउने पसलेले सस्तो पर्ने नाममा भारतबाट आएको दँध लिने गरेका छन् । भन्सारले कडाई गरेपछि चोरी नाकाबाट दँध ल्याउदा ढिलाई हुने भएकाले यहाँका व्यवसायीहरु समस्यामा परेका छन् ।

दँधको परीक्षण गर्ने निकाय क्वारेन्टाइन कार्यालय हो । क्वारेन्टाइनसँग दँधको गुणस्तरीय जाँच गर्ने मिल्क एनालाइजर छैन । क्वारेन्टाइनसँग ल्याक्टोमिटरसम्म जाँच गर्ने मेसिन भएपनि त्यो भरपर्दो नभएको कार्यालयका प्रमुख डा. शितलबाबु श्रेष्ठेले बताउनुभयो ।

सरकारले दँध परीक्षण गर्ने मेसिन नराख्ने र परीक्षण नगरी दँध भित्रिन दिदैनौ भन्नु नमिल्दो कुरा भएको नेपालगञ्जका एक दँध, दही व्यवसायी बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले भने, ‘हामीकहाँ दैनिक ठँलो मात्रामा भारतबाट दँध आउँछ । मैले दँध परीक्षण गरेर ल्याउन भनेको छु । क्वारेन्टाइनसँग जाँच गर्ने मेसिन छैन । अब कहाँबाट परीक्षण गरेर ल्याउने ?’
सीमावर्ती बजार भएकाले यताको दँध उता र उताको दँध यता आउनु सामान्य नै मानिन्छ । तर, दँधको परीक्षण भने गर्नै पर्छ । गुणस्तरहीन दँध खुवाएर जनस्वास्थ्यमा खेलवाड गर्न पाइदैन । नेपालगञ्जका डेरी सञ्चालकहरुले यो कुरा भन्दै आएका छन् ।