बक्यौता तिर्न विमानस्थलले दियो हिमालयन एयरलाइन्सलाई अल्टिमेटम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रयोग गरेवापतको करिब १६ करोड रुपियाँ बक्यौता रकम भुक्तानीको लागि एक महिनाको समय मागेको छ ।

हिमालयनले पुस २७ गते बक्यौता रकममध्येको ५० लाख रुपियाँ भुक्तानी गरेको विमानस्थल कार्यालयले जनाएको छ । चाँडै बक्यौता रकम तिर्नै भनेको छ यस्को लागि दुई हप्ताको समय दिइएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल सेवा शुल्कवापतको साढे १६ करोड रुपियाँ भन्दा बीढ रकम भुक्तानी गर्न बाँकी रहेको थियो ।

‘एयरलाइन्सको बक्यौता भुक्तानीको लागि समय सिमा दिएर पत्र पठाएका छौं,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भन्नुभयो–‘एयरलाइन्सले मागेको समयको विषयमा कार्यालयका छलफलपछि पत्राचार गरिएको हो । ’
गत हप्ता एयरलाइन्सले बक्यौता भुक्तानी गर्नकोे समय मागेपछिे विमानस्थल कार्यलयका अनुसार लिखित रुपमा समय दिएको हो ।

विमानस्थल कार्यालयलाई बक्यौता भुक्तान नगर्दा दिनहुँ बडेर जाने प्रमुख क्षेत्रीको भनाइ छ । बक्यौता रकम भुक्तानी नगरे कानुनीले दिएको अधिकारसमेत प्रयोग गर्नुपर्ने क्षेत्री बताउनुभयो ।

नेपाल र चीनका लगानीकर्ताको संयुक्त लगानीमा सन्् २०१४ अगष्टमा स्थापित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानतर्फ मलेसियाको क्वालालम्पुर, साउदीको अरेबियाको दमाम, युएईको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ।

विमानस्थल सेवा शुल्क नियमावली २०६७

विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिलजारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छुट दिने व्यवस्था विमानस्थलले गरेको छ । त्यस्तै ३० दिन भित्र वक्यौता रकम तिरेमा १ रुपियाँ पनि जरिवान शुल्क तिर्नु पर्दछ। ३०दिन देखि ४५ दिन सम्म ५ प्रतिशत जरिवाना लाग्ने गरेको छ ।

४५ देखि ५९ दिन् सम्म बक्यौता रकम वुझाएमा १५ प्रतिशत जरिवाना तिर्नु पर्न नियमावलीमा व्यवस्था छ । ६० दिन देखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्ने नियमावलीमा व्यवस्था रहेको छ ।

विमानस्थलले विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय संञ्चालन कोठा काउन्टर,होडिङ र्बाड विमानस्थल भित्र संञ्चालन गरेको पसल,भडारण, यात्रुलाई सेवा प्रवाह गरेको संस्थाले लिएको विमानस्थल भित्रको शुल्कको लिने गरेको छ ।

सौर्य एयरलाइन्सलाई उडानमा रोक

तीन करोड रुपियाँभन्दा बढीको बक्यौता भुक्तान गर्न नसकेपछि निजी क्षेत्रको अर्को हवाई कम्पनी सौर्य एयरलाइन्सको उडान मंसिर २० गतेदेखि बन्द रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता नतिरेपछि विमानस्थल कार्यालयले सौर्यको उडान तथा अवतरणमा रोक लगाएको हो ।
एयरलाइन्स कम्पनीलाई विमानस्थल कार्यालयले पटकपटक बक्यौता बक्यौता तिर्नको लागि समय सिमा दिएको भए पनि भुक्क्तानी नगरेपछि नियमित उडान बन्द गरिएको कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो ।

एयरलाइन्सले चाडै बक्यौता भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको भए पनि बक्यौता भुक्तानी नगरेसम्म सौर्यको उडान नदिने पक्षमा विमानस्थल कार्यालय रहेको छ। हाल कम्पनीको विमानस्थल कार्यालयको बक्यौता दिनहुँ बृद्धि हुँदै गएको छ ।

एयरलाइन्सको पुरानो व्यवस्थापनदेखिनै कार्यालयको बक्यौता रकम बाँकी रहेको थियो, नयाँ व्यवस्थापन आएसँगै बक्यौता भुक्तान गर्ने बताए पनि थोरै मात्र भुक्तानी गरिरहको हुँदा विमानस्थल कार्यालयले रोक लगाएको जनाएको छ । सौर्यलाई विमानस्थल कार्यालयले १० महिनादेखि भुक्तानीको ताकेता गर्दा ताकेता गर्दै आएको जनाएको छ । एयरलाइन्समा आर्थिक संकट बढ्दै गएपछि साउनमा एयरलाइन्स बिक्री गरिएको थियो ।

सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा विमान रहेका छन् । एउटा जहाजले नियमित उडान गरिरहेको छ, विमान प्राविधिक समस्या भएकोले मर्मतको क्रममा रहेको छ ।