टीभीएसद्वारा आयोजित ग्रान्ड एक्सचेन्जका विजेता सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)
जगदम्बा मोटर्स टीभीएस मोटर कम्पनीको नेपालकै अधिकृत बिक्रेताद्वारा आयोजित चार दिने दि टीभीएस ग्रान्ड एक्सचेन्ज’ कार्यक्रम सम्पन्न भएकोे छ। कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच र बम्पर उपहारमा टीभीएसको स्ट्राइकर १२५ सीसी मोटरसाइकल प्रमुख आकर्षण रहेको थियो।जसको बिजेता लक्की–ड्र मार्फत कार्यक्रमको अन्त्यमा राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो। यस अवधिकमा करिब ५ सय बाइक र स्कुटर एक्सचेन्ज गर्न सफल भएको कम्पनीले जनाएको छ।

कुनै पनि सवारी साधन एक्सचेन्ज गर्न मिल्ने यस कार्यक्रममा २० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदर ८ हजार रुपियाँसम्म पर्ने उपहार ९हेल्मेट, पन्जा, बाइक कभर र ब्याग०, जुनै सवानतम २५ हजार रुपियाँ मूल्यांकन, ७ हजारदेखि एक लाखसम्मको नगद छुट र बम्पर उपहारमा टीभीएस स्ट्राइकर १२५ सीसी बाइक जस्ता आकर्षक उपहारको व्यवस्था गरिएको थियो। ‘ग्राहकको सक्रिय सहभागिता देखेर हामी निकै खुशी भएका छांै त्यसैले टीभीएसले आउने दिनमा ग्राहकहरूको सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ।’ कम्पनीका बजार प्रमुख विक्रम पौडेलले भन्नुभयो।