कोक र मःमः पर्फेक्ट जोडी अभियान

0
Shares

काठमाडौं, (नेस)
कोका–कोला मोःमोःउत्सवको चौथो संस्करण ‘कोका–कोला मोःमोः उत्सव २०१९’ शुरू भएको छ। यस वर्ष मोःमोःउत्सवको नारा ‘कोक र मःमः पर्फेक्ट जोडी’ रहेको छ। यस वर्ष पनि उपभोक्ताले विभिन्न प्रकारको तातो–तातो मःमःसँग चिसो कोका–कोलाको मज्जा लिन सक्नेछन्। यस अभियान कोक प्रेमी उपभोक्तालाई मःमः र कोक एक उत्कृष्ट संयोजन भएको जानकारी दिनु रहेको छ। कोका–कोलासँग मःमःको स्वाद उत्कृष्ट रहँदै आएको छ। त्यसैले गर्दा पनि कोक र मःमः पर्फेक्ट जोडी रहेको कम्पनीको भनाइ छ।

यस वर्षको मोःमोःउत्सवमा थुप्रै रमाइलो सरप्राइज रहेका छन्। यस मोःमोःउत्सव शुभारम्भको अवरसरमा कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘कोका–कोला मोःमोःउत्सवले चौथो वर्षमा पवेश गरिरहँदा नेपालमा कोक र मःमःको माग दिनप्रति दिन बढिरहेको छ भन्ने थाहा हुन्छ। हामी गर्व गछर्ँंै कि हामीले नेपालीकै प्रिय खाना मःमः र सर्वाधिक रुचाइएको ड्रिक्स् कोकसँग जोडिएर देशैभरी नै मोःमोउत्सव मनाई रहेका छौं।’

उक्त अवसरमा बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो–‘कोका–कोलासँग आफ्नो प्रिय खाना मःम खान मोःमोः उत्सवभन्दा अरू कुनै उत्तम अवसर हुन सक्दैन। उपभोक्ताले कोकको स्वादसँगै आफूलाई मनपरेको विभिन्न मःमःको परिकार परिवार र साथीभाईसँग बसेर खाँदै यसको मज्जा लिएको देख्दा हामी निकै उत्साहित भएको छौं।’