शेयर बजारलाई व्यावसायिक र पारदर्शी बनाउन बोर्डले ऐन संशोधन गर्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अघिल्ला दुई दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य सुधार आएको छ। यस दिन नेप्से शून्य दशमलव ७८ अंकले बढेर १ हजार १ सय ६८ दशमलव ८३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।

कुल १ सय ५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर २९ करोड २२ लाख १४ हजार ३४५ रुपियाँको कारोबार हुँदा अपर तामाकोशी हाइड्रोपावर कम्पनीकोे मात्रै ५ करोड ४७ लाख ६८ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

मंगलबार धेरै कमाउनेमा समाता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरू रहेका छन्। जसको शेयरमा ३ दशमलव ५१ प्रतिशतले वृद्धि गरेको छ। उता धेरै गुमाउनेमा कन्चन डेभलपमेन्ट बैंक र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ता रहेका छन्। यी कम्पनीको शेयर मूल्यमा क्रमशः ९ दशमलव ८२ प्रतिशत र ९ दशमलव ६५ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका १० वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ३ वटा समूह घटेका छन्। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि मंगलबार शून्य दशमलव ४३ अंकले बढेर २ सय ४८ दशमलव शून्य ५ को बिन्दुमा पुगेर बन्द भएको छ।

यसैबीच नेपाल धितोपत्र बोर्डले विभिन्न पाँच नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ। बोर्डले धितोपत्र बजारलाई थप व्यावसायिक, पारदर्शी, मर्यादित बनाउ भन्दै सामूहिक लगानी कोष निर्देशिका, २०६९ र धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०७५, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, सामूहिक लगानी कोष नियमावली, २०६७, क्रेडिट रेटिङ निमायवली, २०६८ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ लाई संशोधन प्रक्रिया अगाडि बढाएको छ। बोर्डले त्यसका निम्ति माघ १८ गतेभित्र आवश्यक रायसल्लाह, सुझाव उपलब्ध गराउन सरोकारवालालाई आग्रह गरेको छ।